गैँडाकोट १ मा विकू बचतद्धारा सदस्य शिक्षा तथा साक्षर कार्यक्रम सम्पन्न

0


गैँडाकोट, १९ फागुन । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार सदस्य शिक्षा तथा साक्षर कार्यक्रम सम्पन्न गरेको छ । कालिगण्डकी सेवा केन्द्रका व्यवस्थापक उपसमिति संयोजक हरिप्रसाद सापकोटाको अध्यक्षता कार्यक्रम भएको थियो । कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष इन्द्रराजज्योती पौडेलको प्रमुख आतिथ्य रहेको थियो । श्री नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यामिक विद्यालयमा भएको सदस्य शिक्षा तथा साक्षर कार्यक्रममा ४० सदस्यको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण विकूका पूर्व अध्यक्ष तथा कार्यक्रम प्रमुख अतिथि इन्द्रराज ज्योति पौडेलले गर्नुभएको विकू बचतका गैह्र वित्तिय अधिकृत रामकृष्ण सापकोटाले विजय एफ एमलाई जानकारी दिनुभएको छ ।

Share.

Leave A Reply