गैँडाकोट १ मा बालमैत्री वडाका लागि ९८ प्रतिशत सूचकाङ्क पूरा – अनुगमन टोली

0


गैँडाकोट, २८ फागुन ।  गैँडाकोट नगरपालिका वाड नं. १ ले बालमैत्री वडाका लागि पूरा गरेको आवश्यक सूचकांकको सोमबार अनुगमन भएको छ । जिल्ला समन्वय समिति उपप्रमुख शारदा विश्वकर्माको नेतृत्वको टोलीले अनुगमन गरी बालमैत्री वडाका सूचकांक पूरा भएको पाइएको जनाएको छ । टोलीमा जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद लम्साल, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कृष्णचन्द्र पोखरेल, जिल्ला समन्वय सदस्य खिमा सारु, गैँडाकोट नगर शिक्षा शाखा प्रमुख ऋषिराम शर्मा, जागृति चाइल्ड एण्ड युथ कन्सन नेपालका महासचिव दीपक शर्मा, गैँडाकोट नगरबाल सञ्जाल अध्यक्ष सुस्मीता भण्डारी, विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्याय लगायतको टोलीले अनुगमन गरेको थियो ।
जिल्ला समन्वय समिति उपप्रमुख शारदा विश्वकर्माले बालमैत्री वडाका लागि भएको कामको प्रशंसा गर्नुभएको छ । उहाँले शून्य बालश्रम, लागुपदार्थ न्यूनिकरणका सन्दर्भमा राम्रो अवस्था पाइएको बताउनुभयो ।

यस्तै जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद लम्सालले पनि वडा बालमैत्री वडा घोषणा गर्न आवश्यक सूचकांक पूरा भएको पाइएको बताउनुभयो ।

अनुगमन टोलीमा रहनुभएका बर्दघाट सुस्ता पूर्वका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कृष्णचन्द्र पोखरेलले  अनुगमनका क्रममा करिब ९८ प्रतिशत सूचकांक पूरा भएको पाइएको बताउनुभयो ।

अनुगमन टोलीले गँैडाकोट नगरपालिकाबाट बालमैत्री विद्यालय घोषणा भइसकेको गैँडाकोट ईग्लीस स्कूल, नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यामिक विद्यालय, टोल तथा घरहरुमा बालमैत्री संरचना तथा अभ्यासको अनुगमन गरिएको थियो । वडा कार्यलय पुगेको अनुगमन टोलीलाई बालमैत्री सूचकांकका बारेमा जानकारी गराइएको थियो । बाल संरक्षण समितिका सदस्य जगन्नाथ उपाध्यायले बाल बचाउ सूचकको अवस्था, बाल संरक्षण सूचकको अवस्था, बाल विकासका सूचकको अवस्था, बाल सहभागिताको सूचकको अवस्था र संस्थागत सूचकहरुको अवस्थाका विषयमा जानकारी गराउनुभएको थियो ।


यस्तै नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यामिक विद्यालयका प्रधानाध्यापक इन्द्रराज भट्राई, विद्यालयका बाल क्लबका प्रतिनिधिले अनुगमन टोलीले राखेको जिज्ञासाका बारेमा प्रष्ट पार्नुभएको थियो । गैँडाकोट ईंग्लीस स्कूलमा बालमैत्री शिक्षण तथा संरचनाका सन्दर्भमा विद्यालयका प्रिन्सिपल हिरालाल अर्यालले विद्यालयको अवलोकनका सन्दर्भमा सहजीकरण गर्नुभएको थियो ।
गैँडाकोट नगरपालिका वाड नं. १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले अनुगमन टोलीले अनुगमन पश्चात सुझाब सल्लाह सहितको प्रशंसा व्यक्त गरेको हुँदा चैत्र मसान्त भित्रै बालमैत्री वडा घोषणाका लागि प्रयत्न गरिने बताउनुभयो । चैत्र दोस्रो साता बस्ने गैँडाकोट नगरकार्यपालिको निर्णय पश्चात बालमैत्री वडा घोषणाको मिति तय हुने अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । अनुगमनका क्रममा गैँडाकोट १ का वडा सदस्य सुरेन्द्रप्रसाद रेग्मी, वडा सचिव पदमप्रसाद अधिकारी, नवदुर्गा प्राविका प्रधानाध्यापक शक्तिप्रसाद कंडेल लगायएको उपस्थिति रहेको थियो । बालमैत्री वडा घोषणा पश्चात् बालमैत्री वडाको निरन्तरताका लागि योजना समेत बनाइसकि एको छ

 

Share.

Leave A Reply