गैँडाकोट १ मा बालमैत्रि ब्यवहार समाज उत्थानको आधार बिषयक बक्तृत्वकला प्रतियोगिता प्रथम

0


गैँडाकोट, १५ बैशाख । बालबलिकाको बृद्धि, बिकास र देशको समृद्धिका लागि बालमैत्री बातावरण आवश्यक रहेको बालमैत्रि ब्यवहार समाज उत्थानको आधार बिषयमा आयोजीत बक्तृत्वकला प्रतियोगितामा प्रतियोगिहरुले बक्ताहरुले बताएका छन । गैडाकोट नगरपालिका वडा नम्वर १ वडा कार्यालय बालमैत्रि स्थानिय शासन कार्यक्रम वडा समितिले बालबालिका बिच बक्तित्व कला प्रतियोगिता गरेको हो । १२ वटा बाल क्लबका २३ जना बालबालिकाहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा नेपाल राष्ट्यि सम्शेर बाल क्लबकी रिजुसा भट्राई प्रथम हुनु भएको छ । दोस्रो गैडाकोट ईङलिस स्कुलकी प्रकृति गौडेल र तेस्रो सरस्वती निकेतनका हिमाञ्चल पौडेल हुनु भएको हो । प्रतियोगितामा निर्णयकको रुपमा डा मतिप्रसाद ढकाल,बिश्वराज लम्साल, मुना कुमारी धनन्जय रहनु भएको थियो । कार्यक्रममा गैडााकेट नगरपालिकााक प्रमुख छत्रराज पौडेल प्रमुख अतिथि रहनुभएको थियो । उहाँले यस्ता कार्यक्रमले बालबालिकाको बौद्धिक विकास हुने बताउँदै नगरलाई बालमैत्रि नगर बनाउन आफु लागि परेको बताउनु भयो । कार्यक्रममा विशिष्ठ अतिथिमा बालसन्जाल नगर अध्यक्ष अलका आचार्य रहनु भएको थियो भने गैडाकोट नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हरिप्रसाद सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Share.

Leave A Reply