गैँडाकोट १ मा धार्मिक पर्यटकीय समन्वय समिति गठन

0

गैँडाकोट, १२ जेष्ठ । गैँडाकोट नगरपालिका वडा नं. १ लाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथ शनिबार सम्पन्न धार्मिक मठमन्दिर, गुम्बाहरुको भेलाले धार्मिक पर्यटकीय समन्वय समिति संस्थाको गठन गरेको छ । सो भेलाले अध्यक्षमा धार्मिक सेवा समिति मौलाकालिका मन्दिर अध्यक्ष शालिकराम सापकोटाको अध्यक्षतामा समन्वय समिति गठन गरेको छ । उपाध्यक्षमा लालमणि पौडेल, सचिवमा जगन्नाथ उपाध्याय, कोषाध्यक्षमा इन्दिरा शर्मा पौडेल, सहसचिवमा नारायण सिग्देल, सदस्यहरुमा नारायणपैसाद सिग्देल, मुक्तिराम पाठक र रामचन्द्र सुवेदीलाई चयन गरेको छ । बाँकी तीन जना सदस्य महिला तथा गुम्बा प्रतिनिधिको सहभागिता समन्वय समितिले थप गर्ने छ ।
समन्वय समितिले धार्मिक पर्यटकीय गुरु योेजना निर्माण गर्ने, वडामा हुने धार्मिक महोत्सव यज्ञको व्यवस्थापन, धार्मिक मठ मन्दिर गुम्बाका संञ्चालक समिति बीच समन्वयको भूमिका निर्वाह गर्ने सचिव जगन्नाथ उपाध्यायले बताउनुभयो । कार्यक्रम वडा अध्यक्ष हरिप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply