गैँडाकोट १ मा टोलस्तरीय फुटबल प्रतियोगिताको उपाधि प्रगति टोल विकास संस्थाको पोल्टामा

0

गँैडाकोट, १९ फागुन । गैँडाकोट राइजिगं स्टार स्पोट्र्स क्लब गैँडाकोट १ ले होलीपर्वको अवसरमाविहिबार र शुक्रबार आयोजना गरेको चौँथो वडा नं. १ टोल स्तरीय फुटबल प्रतियोगितामा प्रगति टोल विकास संस्था विजयी भएको छ । श्री नेपाल राष्टिय शमसेर आदर्श माविको खेल मैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा श्री नगर एक्लेसाल टोलविकास संस्था बी लाई १ का विरुद्ध २ गोलले पराजीत गर्दै प्रगति टोल विकास संस्था विजयी भएको छ । सेमिफाइनलमा शुभ टोल विकास संस्थालाई पराजीत गर्दै प्रगति टोल फाइनलमा गएको थियो भने गंगा नगर टोल विकास संस्थालाई पराजीत गर्दै श्रीनगर बी फाइनलमा पुगेको आयोजक गैंडाकोट रमईजिग स्पोट्स क्लबका अध्यक्ष रमेश ढकालले जानकारी दिनुभयो । फाइनल खेलमा २ गोल गर्नुभएका प्रगाति टोल विकास संस्थाका फरवार्ड शितल राना म्यान अफदि म्याच हुनुभएको छ । यसैगरी उत्कृष्ट गोल किपरको उपाधि पनि प्रगाति टोल विकास संस्थाका सुरेश कुुमालले प्राप्त गर्नुभएको छ ।
नेपाल राष्टिय शमसेर आदर्श माध्यामिकविद्यालयको प्रागंणमा भएको खेलमा१३ वटा समूहबीचप्रतिष्पर्धा भएको थियो । जसमध्ये गैँडाकोट १ का १० टोल विकास संस्था, आयोजक टिम र मौलाकालिका समाज केन्द्रका २ वटा समूहरुबीच खेल हुने आयोजक संस्थाकाअध्यक्ष ढकालले जानकारी दिनुभयो । वि.सं. २०७० सालमाहोलीकै दिन स्थापनाभएको संस्था २०७१ सालमादर्ता भई विभिन्न खेलकुदकाकार्यक्रमगर्दै आइरहेको छ । अघिल्लो वर्ष भएको खेलमाआदर्श टोल विकास संस्थाप्रथमभएको थियो । यस वर्ष आयोजनाभएको फुटबल प्रतियोगितामाप्रथमहुने टिमलाई १० हजार रुपैँया, शिल्ड प्रमाणपत्र प्रदानगरिनेछ भने दोस्रो हुने टिमलाई ५ हजार पुरस्कार प्रदानगरिनेछ । गैँडाकोट राइजिगं स्टार स्पोट्र्स क्लब गैँडाकोट १ लेयहीफागुन २४ र २५ गते विभिन्नअन्य खेलकुदतथाअतिरिक्तक्रियाकलापको आयोजना गरेको छ । फागुन २४ र २५ गते गैँडाकोट १ टोलस्तरीय भलिबलप्रतियोगिता र २६ गते हाजिरीजवाफप्रतियोगिता र ब्याडमिन्टन प्रतियोगिताको आयोजनागरिएको आयोजक संस्थाकाअध्यक्ष रमेश ढकालले विजयएफएमलाई जानकारी दिनुभएको छ ।

Share.

Leave A Reply