गैँडाकोट १ मा ऐतिहासिक कदम , वडा कार्यालयको शुभारम्भ

0

विजय एफएम, गैँडाकोट, नवलपुर
गैँडाकोट, २८ माघ । गैँडाकोट नगरपालिकाको को वाड नं. १ मा आइतबार वडा कार्यालयको शुभारम्भ भएको छ । गैँडाकोट १ नगरपालिकाकै वडा कार्यालय शुभारम्भ गर्ने पहिलो वडा बनेको छ । यस अघि गैँडाकोट नगरपालिकाको भवनमा डेस्क खडा गरी सेवा दिदै आइएको थियो । गैँडाकोट १ मौलाकालिका मार्ग मिलन चोकमा अवस्थित भवनलाई वडा कार्यालय बनाइएको छ । हरियो र सेतो रङले सजिएको वडा कार्यालयको शुभारम्भ नवलपरासी बर्दघाट सुस्ता पूर्व प्रदेश १ का सांसद कृष्णचन्द्र नेपालीले रिबन काटेर वडा कार्यालयको उद्घाटन गर्नुभएको हो ।

नेपालीले उद्घाटन पूर्व वेद विद्याश्रम गँैडाकोट १ बटुकहरुबाट स्वस्ती बाचनसमेत गरिएको थियो भने वडा अध्यक्ष हरिप्रसाद सापकोटा, प्रमुख अतिथि पोखरेल र बाल सञ्जालका अध्यक्ष कृष्ण पौडेलले संयुक्त रुपमा शान्तिको प्रतिक परेवा उडाउनुभएको थियो ।

वडा कार्यालयको उद्घाटन पश्चात् घरबाटो विवरणबारे सिफारिस पत्रमा हस्ताक्षर गर्दै वडा कार्यालयको कामको सुरुवात गर्नुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सांसद कृष्ण चन्द्र नेपाली पोखरेलले वडा कार्यालयको शुभारम्भ गर्नुनै ऐतिहासिक कदम भएको बताउनुभयो । साथै पोखरेलले गँैडाकोट १ बालमैत्री वडा बन्ने अभियानमा रहेको भन्दै यो हरेक पक्षका लागि मैत्री वडा बन्न सुझाब दिनुभएको छ ।

कार्यक्रमका विशिष्ट अतिथिको रुपमा रहनुभएका बाल सञ्जाल गैँडाकोट १ का अध्यक्ष कृष्ण पौडेलले वडा कार्यालयको शुभारम्भले अब वडाबासी र बालक्लबहरुको काम र हौसलामा थप मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा गैँडाकोट १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले निर्वाचित भैसकेपछि गरेको बाचा केही ढिलै भएपनि पुरा गरेको भन्दै यसकामका लागि सहयोग गर्नुहुने सम्पूर्ण पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
अध्यक्ष सापकोटाले केही समयमानै गैँडाकोट १ लाई बालमैत्री वडा घोषणा गरिने र त्यसका लागि आवश्यक पूर्वाधारहरु बनिसकेको र पक्रिया पुरा हुन लागेको दाबी गर्नुभएको छ ।
आइतबारबाटै वडा कार्यालयको काम सुरु भएको कार्यालयमा वडा सचिवमा पदमप्रसाद अधिकारी र कर्मचारीको रुपमा आरती लामिछाने रहनुभएको छ । कार्यक्रममा वडा राजेन्द्र प्रसाद उपाध्यायले स्वागत मन्तव्य र अर्का वडा सदस्यले सुरेन्द्रप्रसाद रेग्मीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । महिला सदस्यद्वय सीता सापकोटा र देवि विकले कार्यक्रम सम्पादनका लागि सहयोग पु¥याउनुभएको थियो । कार्यक्रममा बाल संरक्षण समिति सदस्यहरु, विद्यालयका प्रधानाध्यापक, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गैँडाकोटका अन्य वडाहरुले भने गैँडाकोट नगरपालिकाको कार्यालय र संयुक्त वडा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेका छन् ।

Share.

Leave A Reply