गैँडाकोट १ नगरकै पहिलो बालमैत्री वडा घोषणा

0

बालमैत्री नगरको अभियान सुरु भयो – नगरप्रमुख छत्रराज पौडेल

श्रीधर उपाध्याय
गैँडाकोट, ९ चैत । गैँडाकोट नगरपालिका वाड नं. १ नगरको पहिलो बालमैत्री वडा घोषणा भएको छ । शनिबार नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यमिक विद्यालयको प्रागंणमा भएको घोषणा सभा कार्यक्रममा गैँडाकोट नगर पालिका प्रमुख छत्रराज पौडेलले घोषणापत्र पढ्दै बालमैत्री वडा घोषणा गर्नुभएको थियो ।


नगरपालिकालाई बालमैत्री बनाउने प्रतिवद्धता अनुरुप गँैडाकोट १ बाट यो कामको थालनी भएको पौडेलले बताउनुभयो । वडा अध्यक्ष हरिप्रसाद सापकोटा, बालमैत्री अभियन्ता जगन्नाथ उपाध्याय लगायतको सम्पूर्ण टोलीको प्रशंसनीय कामले अरु वडालाई सन्देश दिने पौडेलले बताउनुभयो । नगरप्रमुख पौडेलले बालमैत्री अभियानमा वडा फस्ट भएको बताउनुभयो ।
गैँडाकोट १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले बालमैत्री वडा निर्माणमा सहयोगी सम्पूर्ण वडाबासीलाई धन्यवाद प्रकट गर्दै बालमैत्री वडा निरन्तरतका लागि प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बालमैत्री वडा घोषणा सभा कार्यक्रममा बर्दघाट सुस्तापूर्व नवलपरासीका उपसभापति शारदा विश्वकर्माले नयाँ युग र चेतनाको यो युगमा परिवर्तनका लागि बालमैत्री वडा घोषणा कार्यक्रम प्रंशनीय रहेको बताउनुभयो । यस बालमैत्री अभियानले क्षमताअनुसार शिक्षा हासिल गर्ने वातावरणको सिर्जना गरेको बताउनुभयो ।
नगर बाल सञ्जाल गैँडाकोटका अध्यक्ष सुश्मीता भण्डारीले बालमैत्री अभियानले वडा भित्रका सम्पूर्ण बालबालिकामा सकरात्मक प्रभाव पु¥याएको बताउनुभयो । भण्डारी भन्नुहुन्छ “ विगत एक वर्ष देखि म मा धेरै परिवर्तन महसुस गरेको छु । एक वर्ष अघिको म र आजको म मा धेरै परिवर्तन महशुस गरेको छु ।” बालमैत्री अभियानका धेरै कार्यक्रमले बालबालिकाको अर्थपूर्ण सहभागितामा जोड दिएको महशुस गरेको भण्डारीको भनाइ छ ।
गैँडाकोट नगरपालिकाका शिक्षा शाखा अधिकृत तथा निमित्त कार्यालय प्रमुख ऋषिराम शर्माले बालबालिकाको क्षेत्रमा गरिएको लगानीले १६ गुणा बढी प्रतिफल दिने बताउनुभयो । वडा अध्यक्षहरुको प्रतिनिधिका रुपमा शुभकामना दिदै गैँडाकोट ४ का वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले बालबालिको शिक्षामा लगानी आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा गैँडाकोटका नेता षडानन्द लामिछाने, नेपाली काँग्रेस गैँडाकोट नगरसभापति तारापति खरेल, जनमोर्चाका नेता तथा नगर शिक्षा समिति सदस्य कृष्ण सापकोटा, महिला सञ्जाल गैँडाकोट १ अध्यक्ष मञ्जु पण्डित, देवघाट क्षेत्र विकास समिति सदस्य पोषणराज सुवेदी, सरस्वती निकेतन ई. बोर्डिङ स्कूलका प्रिन्सिपल भरतबाबु कंडेल, नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यामिक विद्यालयका प्रधानाध्यापक इन्द्रराज भट्राई, गैँडाकोट ईं स्कूलका प्रिन्सिपल हिरालाल अर्याल, गैँडाकोट १ बाल सञ्जालका अध्यक्ष कृष्ण पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बाल मैत्री वडा निर्माण अभियानमा पु¥याएको योगदानको कदर गर्दै अभियन्ताका रुपमा बाल संरक्षण समिति सदस्य तथा नारायणी मावि गैँडाकोट ९ का सहायक प्रधानाध्यापक जगन्नाथ उपाध्यायलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा बालमैत्री निर्माण अभियानमा पु¥याएको योगदानलाई कदर गर्दै विजय एफएम १०१.६ र विजय खबर पत्रिका र सम्पूर्ण सरोकारवाला संघसंस्थाहरुलाई समेत सम्मान गरिएको थियो । बालमैत्री घोषणा सभा कार्यक्रमको सहजीकरण जगन्नाथ उपाध्याय र वडा सदस्य सुरेन्द्र प्रसाद रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य सीता सापकोटाले राख्नुभएको थियो भने कार्यक्रम वडा अध्यक्ष हरिप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 
बालसंरक्षण कोषमा २ लाख १२ हजार ५ सय ५५ सहयोग


यसैगरी बालमैत्री वडाको निरन्तरताका लागि बाल संरक्षण कोषमा विभिन्न संघसंस्था तथा व्यक्तिहरुको सहयोग समेत प्राप्त भएको छ । बाल संरक्षण कोष स्थापनाका क्रममा यस अघि नै करिब २ लाख रहेको थियो । घोषणा सभा कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले नगरको तर्फबाट १ लाख ५० हजार सहयोग हुने घोषणा गर्नुभएको छ । यसैगरी गैँडाकोट ईं स्कूलले ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । घोषणा सभा कार्यक्रममा विद्यालयका प्रिन्सिपल हिरालाल अर्यालले चेक हस्तान्तरण गर्नुभएको छ । यसैगरी नेकपा गैँडाकोटका अध्यक्षले ७ हजार र मौलाकालिका सामुदायिक वनका पूर्व अध्यक्ष शालिकराम सापकोटाले ५ हजार राशी सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

बालमैत्री वडाको निरन्तरताका लागि वडाले कस्तो योजना बनाएको छ ?
वि.सं. २०७४ साल माघ १९ गते गैँडाकोट नगरपालिका वाड नं. १ लाई बालमैत्री वडा निर्माणको अभियान सुरु भएको थियो । बालमैत्री स्थानीय शासनले तोकेको ३९ वटा सूचक र वडास्तरमा तय गरिएको ३ वटा सूचक गरी ४२ वटा सूचक पुरा गरी बालमैत्री वडाका लागि आवश्यक सूचकांक पुरा गरिएको थियो । बालमैत्री वडाको निरन्तरताका लागि वडाले योजना बनाएको छ ? गैँडाकोट १ लाई पहिलो बालमैत्री वडा बनाउन योगदान पु¥याउनुभएका बाल संरक्षण समितिका सदस्य तथा बालमैत्री अभियन्ता जगन्नाथ उपाध्यायलाई बालमैत्री वडाको निरन्तरतका लागि कस्तो योजना छन् भनि सोधेका छौँ ।

 

Share.

Leave A Reply