गैँडाकोट ११ सम्भावनाको खानी

0

गैडाकोट


गैडाकोट वडा नम्बर ११ सम्भावनाको खानी रहेको जनप्रतिनिधिले बताएका छन । विजय एफ एम १०१.६ को गौरवमय १५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले हरेक क्षेत्रबाट वडा नम्बर ११ को विकास गर्न सकिने बताएका हुन् । विशेषगरी पर्यटन र खेलमैदानलाई व्वयवस्थित गर्दै लैजानुपर्ने बताएका छन् । गैंडाकोट ११ का वडा अध्यक्ष गोविन्दप्रसाद सुवेदीले वडा कार्यालयको डिपिआर तयार गरिसकिएको बताउनुभयो । उहाँले गैंडाकोट ११ मा पर्ने मुकुन्दसेन दरवारलाई उत्खनन संरक्षण गर्दै बढाउने बताउनुभयो ।
वडा सदस्य जियनराम महतोले विकास निर्माण कार्य अगाडि बढाएपनि बजेट कमी रहेको बताउनुभयो । वडा सदस्य ओमकुमारी आचार्यले महिलाको विकासका लागि क्षमता विकासलगायतका कार्यक्रम अघि बढाइएको बताउनुभयो । वडा सदस्य बुद्धिमाया नेपालीले दलित समुदायको विकासका लागि प्रयासरत रहेको बताउनुभयो । उहाँले गैंडाकोट ११ मा रहेका समस्या समाधानका लगि पहल गरिदिन आग्रह गर्नुभयो ।

Share.

Leave A Reply