गैँडाकोट १० मा समस्या भन्दा सम्भावना वढि

0

गैँडाकोट । गैँडाकोट १० मा समस्या भन्दा सम्भावना वढि रहेको जनप्रतिनिधिले बताएका छन् । विजय एफ एम १०१.६ को गौरवमय १५ औँ वर्षीकोत्सवको अवसरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा उनिहरुले औधोगिक क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने भएपनि सम्भागवना वढि रहेको बताएका हुन् । संयुक्त वडा कार्यालय मुकुन्दपुरमा भएको कार्यक्रममा गैंडाकोट १० का वडा अध्यक्ष देवीदत्त कंडेलले वडामा रहेका उद्योग, खैलमैदान, पर्यटकिय क्षेत्र समृद्धीका आधार रहेको बताउनुभयो । उहाँले सडकलाई प्राथमिकतामा राखेर विकास निमार्ण कार्य थालिएपनि क्रमैसँग सवै क्षेत्रलाई समेट्दै अघि वढ्ने बताउनुभयो । उहाँले गैंडाकोट १० मा रहेको मुकुन्दसेन दरवारको संरक्षण तथा पर्वद्धनका लागि प्रयासरत रहेको बताउनुभयो । त्यस्तै खेलमैदानको विकास गर्दै वडामा रहेका धार्मीक तथा पार्कहरुको विकास गर्दै पर्यटकिय क्षेत्र बन्न सक्ने आधार रहेको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य कृष्ण सापकोटाले गैंडाकोट १० दुग्ध उत्पादनमा न्युजिल्याण्डका रुपमा प्रख्यात रहेको भन्दै पशुपालनको प्रचुर सम्भावना रहेको बताउनुभयो । उहाँले कृर्षीमा सबल रहेको भन्दै त्यसलाई सहयोग गर्न तथा स्थानियको माग अनुसार नै सडक सञ्जाल विस्तार तथा कालोपत्रेमा जोड दिईएको बताउनुभयो ।
कार्यक्रममा अर्का वडा सदस्य डिल्लीराम सुवेदीले नारयणी नदि किनारमा रहेकोले १० नम्बर वडामा जनताको तटबन्धन कार्यक्रमसँगको क्रियाकलाप अघि बढाईएको बतामउनुभयो । साथै उहाँले वडामा सिमसार क्षेत्रको प्रर्वद्धन गरि कार्य अघि बढाईएको बताउनुभयो ।
त्यस्तै वडा सदस्य हरिकला थापा मगरले वडामा पुरुषको तुलनामा महिला वढि रहेको बताउनुभयो । उहाँले महिलाको क्षमता विकासका कार्यक्रमलाई अघि बढाईएको बताउँदै यसलाई निरन्तरता दिईने बताउनुभयो ।
त्यस्तै अर्की वडा सदस्य पुजा विकले वडामा दलित समुदायका लागी क्षमता विकासका लागि लागिपरेको बताउनुभयो । उहाँले अझै धेरै गर्न बाँकी रहेको बताउँदै दलित समुदायको कार्यालय व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।

Share.

Leave A Reply