गैँडाकोट वाड नं. ६ मा कृषि क्षेत्रको प्रवर्धन नै समृद्धिको आधार रहेको जनप्रतिनिधिको भनाई

0

गैँडाकोट । गैँडाकोट वाड नं. ६ का जनप्रतिनिधिले गैँडाकोट ६ मा कृषि क्षेत्रको प्रवर्धन नै समृद्धिको आधार रहेको बताएका छन् ।

विजय एफ एम १०१.६ को गौरवमय १५ औँ वर्ष प्रवेश गर्न लागेको पूर्व सन्ध्यामा आयोजित अन्तक्रिया कार्यक्रममा उनिहरुले कृषि क्षेत्रको प्रवर्धनका विषयमा अघि बढ्न सकिने बताएका छन् । वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले गैँडाकोट ६ मा सुकुम्बासीको तथ्यांक संकलन गरेर नगरपालिकामा उनिहरुको समस्या समाधानका लागि पेश गरेको छु । यो राष्ट्रिय समस्या रहेका हुनाले सरकारले नै काम गर्नुपर्ने सापकोटाको भनाइ छ । लागू औषध तथा दुव्र्यसनको समस्या बढी रहेको गैँडाकोट ६ मा करिब ५० हजार मात्र सचेतना तथा न्युनिकरणका लागि रकम छुट्याएको छ । यसैगरी गैँडाकोट ६ का स्थानीय गैँडाका कारण समस्या रहेका छन् । यसका लागि पनि नगरपालिकाका मेयरले समस्या समाधानका लागि श्रृखंलाबद्ध प्रयास गरिरहेको बताउनुभयो । यसका लागि कुनै पनि रकम वडामा छुटीएको छैन । बरु गैँडाको मूर्तिका वरिपरि रेलिङ निर्माणका लागि १ लाख ७५ हजार रकम छुट्टीएको छ । यसैगरी वडामा चुक अमिलोमा अखाद्य पदार्थको मिसावटको समस्याका लागि सम्बन्धित निकायहरुको अनुगमन भइरहेको र नियन्त्रणका लागि काम भइरहेको सापकोटाले बताउनुभयो । वडा अध्यक्ष सापकोटाले समृद्धिका लागि कृषि क्षेत्र नै आधार रहेको बताउनुभयो । कृषि क्षेत्रका लागि सिंचाईको व्यवस्था मिलाउन सकियो भने वाड नं. ६ समृद्ध बन्न सक्ने देखेको बताउनुभयो ।
यसैगरी वडा सदस्य दलबहादुर थापाले गैँडाकोट ६ मा रहेका विभिन्न समस्याका विषयमा आवाज उठाइरहेको बताउनुभयो । गैँडाकोट ६ मा चुक अमिलोका सन्दर्भमा जुन किसिमको समाचार बाहिर आएको छ यसमा त्यति विश्वास नभएको बताउनुभयो । यो समस्या जहाँतहि रहेको बताउनुभयो । राज्यलाई कर तिरेको भए त्यही चुक अमिलो राम्रो हुने र राज्यलाई कर नतिरि व्यवसाय गरेको भएर त्यसलाई गलत रुपमा लिइएको थापाको भनाइ छ । थापाले केही समय अघि चुक अमिलो उत्पादन गर्ने गर्नुहुन्थ्यो ।
वडा सदस्य पवित्रा अधिकारीले वडामा वडाको समस्या समाधानका लागि सबै एक जुट भएर अघि बढेको बताउनुभयो । अधिकारीले गैँडाकोट ६ मा वडा कार्यालयका लागि छलफल भइरहेको बताउनुभयो । गैँडाकोट ६ मा विकासको सम्भावना भनेकै कृषि क्षेत्रको प्रवर्धन रहेको बताउनुभयो ।
वडा सदस्य जीरबहादुर प्रधानले अहिले तत्काल वडा कार्यालय गैँडाकोट ६ मा लिएर जाने सम्भावना नरहेको र वडाको बजेट प्रयाप्त नभएको बताउनुभयो । खाद्यान्न विषयमा चुक अमिलोको सन्दर्भमा गलत भएकै छ यो रोक्नुपर्ने बताउँदै आएको छु । चुक अमिलो रोजीरोटीको कुरा हो तर गुणस्तर युक्त बनाएर बेच्न सकिने प्रधानको भनाइ छ । नारायणीको तटवन्धनका लागि समस्या समाधानका लागि काम भइरहेको बताउनुभयो । यो नगरको बजेटले सम्भावना नभएको हुँदा सरकारकै बजेटका लागि थप लविङ गर्नुपर्ने बताउनुभयो । प्रधानले समृद्धिको लागि गैँडाकोट ६ लाई पकेट क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनुभयो ।
कल्पना परियारले दलित समुदायका बच्चाका लागि निशुल्क पढ्ने व्यवस्था हुनुपर्ने बताउनुभयो । कक्षा १२ सम्म पढाउन नसक्ने दलित समुदायका बच्चाका लागि निशुल्क कक्षाको व्यवस्था मिलाउनु आवश्यक रहेको परियारले बताउनुभयो । गैँडाकोट ६ मा छुवाछुतको समस्या रहेको बताउनुभयो । परिवर्तन भइरहेको तर समय अनुसार घट्दै गएको समेत परियारले बताउनुभयो । दलित समुदायका लागि सिटिइभिटिका तालिम प्राप्त भए समुदायको समृद्धी हुने वडा सदस्य परियारले बताउनुभयो । लागू पदार्थको सन्दर्भमा प्रहरी प्रशासनको बढी भूमिका रहेको र यसमा उहाँहरुको भूमिका फितलो रहेको वडा सदस्य परियारले बताउनुभयो ।

Share.

Leave A Reply