गैँडाकोट वडा नम्बर ६ मा आयमुलक योजनाहरुको बढि माग

0


गैँडाकोट, १८ जेठ । आयमूलक कृषि सिंचाई र सडक निर्माणमा योजनाहरु बढि माग भएको गैडाकोट वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले बताउनुभएको छ । शुक्रबार गैडाकोट ६ मा आयोजना गरिएको वडा भेलामा बोल्दै उहाँले बिशेष गरेर वडा नम्बर ६ मा लागुपदार्थ दुव्यसनी बिरुद्धका कार्यक्रम संचालन गर्न आवश्यक रहेको समेत बताउनुभयो । साथै प्राथमिकताक आधारमा कार्य गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । उहाले कार्यक्रममा बोल्दै समग्र गैडाकोटमा कृषि साथै अन्य क्षेत्रको बिकासको लागि कार्य गरिरहेको उल्लेख गर्नुभयो । सो कर्यक्रममा बिशिष्ट अतिथीको रुपमा गैंडाकोट नगरपालिकाकी उप–प्रमुख बिष्णु कुमारी कडेंलले वडाबासीका मागलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षका लागि योजना निर्माण गरिने बताउनुभएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, कार्यपालिका सदस्य रेखा पौडेल कालिका मा.वि बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी प्रसाद आचार्य ,बिजय नगर खानेपानीका अध्यक्ष विष्णुप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता वडा न. ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सपकोटाले गर्नु भएको थियो । उक्त वडा भेलामा बिभिन्न संघ संस्थाबाट आएका योजनाहरु मध्ये कृषि र नारायणी तटबन्धनलाई पहिलो प्रथामिकता दिन आग्रह गरिएकोे थियो । कार्यक्रमा सहजीकरण सुभाष चापागाईंले गर्नु भएको थियो ।

Share.

Leave A Reply