गैँडाकोट वडा नं ५ को हाटबजार क्षेत्र दुर्गन्धीत/तत्कान अनुगमन गरी सरसफाई थालीहाल्ने वडाध्यक्षको भनाई ।

0

गैँडाकोट १३, साउन ।


गैँडाकोट नगरपालीकाको वडा नं ५ मा रहेको हाटबजार क्षेत्र दुर्गन्धीत हुँदा समस्या बढेको छ । खत्रीफिटमा रहेको आईतबार र बिहिबार हाट बजार लाग्ने क्षेत्र व्यवस्थीत हुन नसक्दा फोहोरमैलाले दुर्गन्ध फैलीएको हो । बजार लाग्दा जम्मा भएका तरकारी, खाद्यपदार्थ र अन्य फोहोर जम्मा भई फोहोरको डंगुर नै बनेको छ ।

जस्ले गर्दा झाडापखाला र हैजाका किटाणुको संक्रमणको जोखिम बढेको छ । फोहोरको गन्धका कारण स्थानीयले बसोबासमै समस्या भएको बताएका छन् । स्थानीय गोमा पराजुलीले, फोहोरका कारण घरमा लामखुटुटे बढेर बस्नै नसक्ने भएको गुनासो गनुर््भयो । यस्तै उहाँले घर र वरपर सफा राखेपनि हाट बजारको फोहोरका कारण सरसफाईको औचीत्य नै हुन नसकेको बताउनुभयो । उहाँले तत्काल फोहोरको उचीत व्यवस्थापन नभए स्थानीयले विरोधका कार्यक्रम गर्न बाध्य हुने बताउनुभएको छ । ब्यापारीहरुले आफ्नो फालेको फोहोर जथाभावी छोड्न नहुने स्थानीयको भनाई छ । गैँडाकोट नगरपालीकाले वातावरणमैत्री टोल घोषणा गरेको मध्ये सबैभन्दा धेरै वडा नं ५ का ८ वटा टोललाई वातावरणमैत्री घोषणा गरेको छ ।


यता खत्रीफिटमा हाटबजार क्षेत्रको फोहोर र दुर्गन्धको तत्काल अनुगमन गरी समस्या समाधान गरीने वडा नं ५ का वडाध्यक्ष नवराज कंडेलले बताउनुभएको छ । विजय एफएम संग कुराकानी गर्दै अध्यक्ष कंडेलले फोहोरको बिषयमा सोचेर बस्ने र योजना बनाउने समय नभएको भन्दै तत्काल काम गरेर सर्वसाधारणलाई जनप्रतीनिधी हुनुको महशुस गराउनुपर्ने बताउनुभयो । स्थानीय संग भेटेरै समस्या समाधानको काम तत्काल थाल्ने वहाँको भनाई छ । बर्षायाममा बजार क्षेत्रमा दुर्गन्ध फैलीदा हुन सक्ने स्वास्थ्य समस्या प्रतीपनि सचेत रहन स्थानीयलाई वहाँले आग्रह गर्नुभयो ।

Share.

Leave A Reply