गैँडाकोट महोत्सवमा नेपाली पानी जहाज चढ्नेको भीड (भिडियो सहित)

0

गैँडाकोट, ६ पौष । गैँडाकोट महोत्सवमा नेपाली पानी जहाज प्रति धेरैको आकर्षण बढेको छ । एक सय ५० रुपैँयाको टिकट काटेर पानी जहाज चढ्नेको संख्या आज पनि धेरै रहेको सञ्चालक श्रीकृष्ण लम्सालले बताउनुभएको छ । नेपाल रिभर क्रुज प्रा.ली बाट सञ्चालित बोटिङमा चढेर १५ मिनेट नारायणी नदिको सयर गर्न पाइन्छ । पानी जहाजबाट गैँडाकोटको प्राकृतिक सौन्दर्यता, नारायणी अवलोकन, चितवन क्षेत्रमा किनारमा रहेका बुद्ध, शिव भगवान लगायतका मूर्ति, मौजुवा वन लगायतको सौन्दर्यता हेर्न सकिने आयोजकले जनाएको छ । नेपालमै निर्मित, आफ्नै देशको स्रोत साधन प्रयोग भएको सस्तो पानी जहाजको रुपमा रहेको पानी जहाजमा चढ्ने हरेक व्यक्तिको बिमा समेत हुने लम्सालले जानकारी दिनुभयो ।

Share.

Leave A Reply