गैँडाकोट नगरपालिकामा तिब्र गतिमा वडा कार्यालयको स्थापना हुदैं ,भोली गैँडाकोट– २ को उद्घाटन हुने

0

गैँडाकोट, २ वैशाख
गैँडाकोट– २ को वडा कार्यालय उद्घाटन हुने भएको छ । गैँडाकोट २ स्थित पुरानो विधुत कार्यालय रहेको भवनमा वडा कार्यालय स्थापना हुन लागेको, गैँडाकोट नगरपालिका वडा नं २ का वडाध्यक्ष ध्रुबराम पौडेलले जानकारी दिनुभएको छ ।

कार्यलयको सोमबार एक समारोहका विच गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको वडा कार्यलयले जानकारी दिएको छ । वडा बासीलाई विभिन्न गतिविधीमा सहज होश् भन्दै पायक पर्ने स्थानमा वडा कार्यालय स्थापना गर्न लागिएको वडाध्यक्ष पौडेलले जानकारी दिनुभएको छ ।

यस अघि नगरपालिकाले वडा नं १ को वडा कार्यालयको स्थापना गरिएको थियो । यसैबिच नगरपालिकाले भौतिक पुर्वाधार र साधन स्रोतको व्यबस्थापन गर्दै अन्य वडा कार्यालय स्थापनालाई समेत जोड दिन लागेको जनाएको छ ।

Share.

Leave A Reply