गैँडाकोट नगरपालिकाको चौँथो नगरसभा स्थगीत, अब सिधै बजेट अधिवेशन – नगरप्रमुख पौडेल (अडियो सहित)

0

श्रीधर उपाध्याय

गैँडाकोट । गैँडाकोट नगरपालिकाको चौँथो नगरसभा विषयवस्तुमाथि प्रवेश नगरिकनै स्थगित भएको छ । गैँडाकोट नगरपालिकाका नगरसभा सदस्यहरुले नगरकार्यपालिकाले श्रीपेच लगाएर हिँडेको आरोप समेत लगाएका छन् । नगरपालिकाको आन्तरिक स्रोत लगायतको बजेट बिनियोजनमा नगरसभाको भूमिका खोसी नगरकार्यपालिले एक्लौटी ढंगबाट अघि बढेको आरोप लगाएका हुन् । गैँडाकोट नगरपालिकाको ४२ औँ बैठकमा २ करोड ८३ लाखको बजेट विभिन्न शिर्षकमा बाँड्ने निर्णय गरिएको थियो । नगर सदस्यहरुले नगरकार्यपालिका,  विधि र पक्रियामा अघि नबढेको आरोप लगाउँदै सभा अघि नबढ्ने बताएका थिए । नगरसभा सदस्य राजेन्द्रप्रसाद उपाध्याय

वडा अध्यक्ष पदम पौडेलले लोकतान्त्रिक पक्रियामा आफूलाई लागेको मात्र सहि नहुने बताउनुभयो । पौडेलले विधि अनुसार चल्नुपर्ने बताउनुभयो । यसका लागि कुनै एक पक्षमात्र जिम्मेवार नभइ सबैले हातेमालो आवश्यक हुने उहाँको भनाइ थियो ।

पूर्वाधार तथा विकास उपसमिति संयोजक कुमारी रेखा पौडेलले विषयगत समितिमा छलफल गर्न नमानिएको बताउनुभयो । यतिमात्र नभएर ४२ औँ कार्यपालिकाको बैठकमा छलफल गरिएको भन्दा बाहिरका एजेण्डा निर्णय गरिएकोमा आफूहरुलाई अमान्य रहेको बताउनुभयो ।

गैँडाकोट नगर उपप्रमुख विष्णुकुमारी कंडेलले नगरपालिकाको स्थानीय स्रोत होस् अथवा बाहिरबाट आएको नयाँ बजेट होस्, त्यसको छलफल नगरसभाबाट निर्णय गराएर अघि बढ्नु उपयुक्त हुने बताउनुभयो ।

गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले स्थगित नगरसभा अब नबस्ने र बजेट अधिवेशन मात्र हुने बताउनुभयो । नगरप्रमुख पौडेलले जसले राम्रो नीति तथा कार्यक्रम अघि ल्याउँछ त्यसलाई अनुमोदन गरेर अघि बढ्ने बताउनुभएको छ ।

विषयवस्तुमा नै प्रवेश नगरी सकिएको गैँडाकोट नगरपालिकाको चौँथो नगरसभा कहिले बस्छ । अनिश्चित भएको छ । नगरसभाले ४२ औँ बैठकका निर्णयहरुलाई अनुमोदन नगरेसम्म करिब २ करोड ८३ लाखका योजना सम्पन्न हुने छैनन् । नगरपालिकाको समृद्धिका लागि विधि र एकता दुबै आवश्यक रहेको नगरसभासदस्यहरुको सुझाब समेत रहेको छ ।

Share.

Leave A Reply