गैँडाकोट नगरपालिकाको कार्यशैली प्रति धेरै असन्तुष्ट

0


गैँडाकोट, २० अषाढ । गैँडाकोट नगरपालिकाको कार्यशैलीप्रति नगरबासी असन्तुष्ट देखिएको नगरपालिकाकै एक सर्भेक्षणले देखाएको छ । गैँडाकोट नगरपालिकाको वेभसाइडमा राखीएको पोलमा नगरबासीले गैँडाकोट नगरपालिकाको कार्यशैली परिवर्तन गर्न सुझाब दिएका छन् । वेभसाइडमा राखीएको पोलमा गैँडाकोट नगरपालिकाको कार्यशैलीलाई तपाईं के भन्नुहुन्छ भन्ने प्रश्न राखिएको छ । सो प्रश्नको जवाफमा ७१ प्रतिशत वेभसाइड भिजटरले असन्तुष्टी जनाएका छन् । उनिहरुले गैँडाकोट नगरपालिकाको कार्यशैली सुधार्न सुझाब दिएका छन् । शुक्रबार दिउँसो पोने २ बजेसम्मको अवस्थामा नगरको कार्यशैली प्रति २९ प्रतिशतले मात्र राम्रो छ भन्ने बताएका छन् ।
गैँडाकोट नगरपालिकाको वेभसाइडमा पूर्ण विवरणहरु राखिएको छैन । कुनै पनि वडाको वडा प्रोफाइल पूर्ण रहेको छैन् । दुइ तीनवटा विवरण राखी झारा टारिएको छ । सरुवा भएका कर्मचारीहरुको समेत कर्मचारीको लिस्टमा रहेका छन् । वेभसाइडलाई समयानुकुल बनाउनु पर्ने देखिन्छ । सूचनाका लागि सहज बनाउनुपर्ने देखिन्छ ।

Share.

Leave A Reply