गैँडाकोट जेसिज स्नेह मिलनका साथ सामाजिक काममा

0


गैडाकोट, २ चैत्र । गैँडाकोट जेसिजले शनिबार स्नेह मिलनका साथ सामाजिक कामको सुरुवात गरेको छ । स्नेह मिलन तथा मनोरञ्जनका कार्यक्रमका साथ सामाजिक उत्तरदायित्वका काम गर्नुपर्ने सन्देश दिएको छ ।

जेसिजका सदस्यहरु मौलाकालिका फेदीमा भेला भइ आपसी विचारहरुको आदानप्रदानका साथमा स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको गँैडाकोट जेसीजका अध्यक्ष भानु रिमालले बताउनुभयो । स्नेह मिलनका साथमा मौलाकालिका समाज केन्द्रको बन बाटिकामा र गणेश मन्दिर वरिपरि वृक्षारोपण तथा सरसफाइ कार्यक्रम समेत सम्पन्न गरेको कार्यक्रम संयोजक दिपक सापकोटाले बताउनुभयो ।

त्यस्तै पर्यटन प्रर्बधनका लागी गणेश मन्दििर परिशरमा सरसफाई गर्दै डस्बीन समेत हस्तान्त्रण गरेको छ । कार्यक्रममा गैंडाकोट जेसीज बर्ष २०१९ अध्यक्ष भानुभक्त रिमालले पर्यटनको बिकास र पर्याबरण संरक्षणको लागि यस्तो कार्यक्रम गरिएको बताउनुभयो ।

त्यस्तै उक्त कार्यक्रमका प्रमुख अतिथी रहेका बडा नं १ का अध्यक्ष हरीप्रसाद सापकोटाले जेसीजे गरेको यो कार्यक्रमबाट अन्यले पनि केही सिक्नुपर्ने र पर्यावरणको संरक्षणका लागि एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

Share.

Leave A Reply