गैँडाकोट जेसिजद्धारा आयोजित युवा सम्मेलन सकियो/ युवा वर्गको नेतृत्व विना समृद्धि असम्भव

0

गैडाकोट, २३ फागुन । गैँडाकोट जेसिजले उद्यमशीलताका लागि युवा सम्मेलन कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार मौलाकालिका पार्टी प्यालेसमा भएको कार्यक्रममा उद्योगपति तथा प्रतिनिधि सभा सदस्य विनोद चौधरी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णीम वाग्ले, नेपाल जेशीजका पूर्व अध्यक्ष एवं नेपाल टेलिभिजनका पूर्व कार्यकारी निर्देशक महेश दाहालले उपस्थित युवाहरुलाई सकरात्मक बाटोमा हिंड्न अभिप्रेरित गरेका थिए ।

कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल, नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष रमेश चन्द्र भूषाल, नेपाल जेसिजका उपाध्यक्ष गोकुल सापकोटा लगायतले कार्यक्रममा बोल्दै युवा वर्गको नेतृत्व विना समृद्धि सम्भव नभएको बताएका छन् । जेसिज गैँडाकोटका कार्यकारी उपाध्यक्ष सुशील काफ्लेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने स्वागत मन्तव्य जेसिज गैँडाकोटका संस्थापक अध्यक्ष बद्रि सापकोटाले राख्नुभएको थियो ।

जेसिज गैँडाकोटका कानुनी सल्लाहकार रामप्रसाद भूषालले युवा वर्गलाई अभिप्रेरित गर्दै जेसिज आस्था वाचन गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्नुभएको जेसिज गैँडाकोटका अध्यक्ष भानु रिमालले यस्ता कार्यक्रमले युवालाई सहि बाटोमा हिंड्न प्रेरित गर्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

Share.

Leave A Reply