गैँडाकोट कृषि क्षेत्रको ब्रान्ड हो ः सांसद महत

0

हिमा अर्याल
गैंडाकोट । प्रतिनिधी सभा सदस्य तिलक महतले गैँडाकोट कृषि क्षेत्रको ब्रान्ड रहेको बताउनु भएको छ । अन्नबालिमा मकै मात्र नभएर तरकारी उत्पादनमा समेत गैँडाकोट अब्बल रहेको बताउँदै उहाँले यसलाई थप व्यवस्थीत बनाउनु पर्नेमा जोड दिनुभयो । आईतबार गैँडाकोट ८ मा कृषि उपज संकलन तथा बिक्रि केन्द्रको उद्घाटन समारोहमा बोल्दै सांसद महतले तरकारी उत्पादनमा अभियान नै चलाउनुपर्ने बताउनुभयो । गैंडाकोटको विजयचोकमा सञ्चालन हुने लागेको तरकारी बजारबाट कृषकहरु लाभान्वित हुने उहाँको भनाई थियो ।
फरक प्रसंगमा उहाँले अबको दुई वर्षमा नवलपुरका सबै क्षेत्रमा बिजुली पु¥याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउनुभयो । नवलपुरमा अझै ३२ हजार नागरिक अध्यारोमा बसिरहेको जनाउँदै उहाँले विद्युत सेवा पु¥याउनका लागि १ अरब ७६ करोड विनियोजन गरिएको बताउनुभयो । यसले कृषि क्षेत्रमा सिंचाइलाई सघाउ पु¥याउने उहाँले बताउनु भयो ।
पुर्व कृषिमन्त्री एवम् नयाँ कृषी अभियान कृषि सहकारी संस्थाका केन्द्रीय अध्यक्ष हरी पराजुलीले विदेशमा गर्ने दुःख कृषि क्षेत्रमा गर्न युवाहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा कृषि विकास निर्देशनालय पोखराका वरिष्ठ अर्थ विज्ञ भानुभक्त भट्टराईले कृषिको सम्भावना प्रचुर रहेको बताउँदै कृषि कार्य गर्न चाहने व्यक्तिहरुलाई सहयोग गरिने बताउनुभयो ।

गैंडाकोेट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले कृषि सहकारीले निर्माण गर्न लागेको बजार व्यवस्थापनमा गैंडाकोट नगरपालिकाले पुर्ण सहयोग गर्ने बताउनु भएको थियो ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको ४८ लाख अनुदान रकम र नयाँ कृषि अभियान कृषि सहकारी संस्थाको १० लाख गरि ५८ लाखको लागतमा बजार निर्माण हुन लागेको हो । १० कठ्ठा ६ धुर क्षेत्रफलमा सो संरचना बन्ने बताईएको छ ।
सिलान्यास समारोहमा नेकपाका गण्डकी प्रदेश सदस्य धनप्रसाद सापकोटा, कृष्णप्रसाद घिमिरे, नेकपाका जिल्ला सचिव मित्रशरण शर्मा, गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, वडाअध्यक्षहरु नवराज कंडेल, चोलानाथ उपाध्याय, डिलाराम रिजाल, प्रेमप्रसाद सापकोटा, देवीदत्त कंडेल, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका वरिष्ठ अधिकृत विष्णुप्रसाद शर्मा, नगरपालिकाका कृषि शाखाका प्राविधिक राजुप्रसाद शर्मा लगायत स्थानीय संघ–संस्था प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कृषि उपज संकलन तथा बिक्रि केन्द्रका अध्यक्ष यदुनाथ सिग्देलले सबैलाई सहयोगका लागि आग्रह गर्नुभयो । कार्यक्रमको सहजिकरण संस्थाका सचिव वेदप्रसाद कालेले गर्नु भएको थियो ।

आगामी २ महिना भित्र व्यवस्थित रुपमा कृषि उपज संकलन तथा बिक्रि वितरण केन्द्रका लागि भवन निर्माण भई सेवा प्रवाहको काम हुने संस्थाका अध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिनुभयो । साथै सो कार्यमा स्थानियको सहयोगको अपेक्ष गरिएको पनि उहाँले बताउनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष ढकबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply