गैँडाकोट एकीकृतको व्यवसायिक कार्ययोजनाका लागि आजदेखि गोष्ठी सुरु ।।

0


गैँडाकोट, १७ चैत । गैंडाकोट एकीकृत बहुउद्देश्यीय  सहकारी सस्था लिमिटेड गैंडाकोट ८ को आयोजनामा त्रिदिवशीय व्यवसायिक कार्ययोजना गोष्ठी सुरु भएको छ । सस्थाले आज त्रिदिवसिय व्यबसायिक कार्ययोजना निर्माण गोष्ठीको उद्घाटनसत्रको कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सभापतिमा संस्थाका अध्यक्ष महादेवी वस्ताकोटी कट्टेल रहनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी सहकारी अभियन्ता खेमराज सापकोटाले सहकारीहरुले व्यवसायिक कार्ययोजनाका साथ अघि बढे त्यसले समाजमा सकरात्मक प्रभाव छाड्न सक्ने बताउनुभयो ।  संस्थाको आफ्नो गरिमा पहिचानका साथै कृषकका भलाई हुनेखालको व्यवसायिक कार्ययोजना बनाई लागु गर्न संस्था अघि बढेकोमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा समाजसेवि एवम् व्यबसायिक कार्यक्रम निर्माण उपसमिती सदस्य रत्न प्रसाद सापकोटा, सल्लाहकार केशव प्रसाद सापकोटा, लेखा समिती संयोजक वेद प्रसाद गौडेल, गोष्ठीको सहजकर्ताको रुपमा बुद्धिराज तामाङको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष अगन्धर सापकोटाले गर्नु भएको थियो भने कार्यक्रको सहजिकरण सस्थाका सचिव खगराज सापकोटाले गर्नुभएको थियो ।

Share.

Leave A Reply