गैँडाकोट उपप्रमुख कंडेलद्धारा हरितालिका तीज २०७५ को शुभकामना

0


गैँडाकोट, २७ भदौ । गैँडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कंडेलले नेपाली नारीहरुको महान पर्वको रुपमा लिइने हरितालिका तीज २०७५ को पावन अवसरमा सम्पूर्ण नगरबासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । उपप्रमुख कंडेलद्धारा हस्ताक्षरित शुभकामना सन्देशमा पर्वले सम्पूर्ण महिला दिदि बहिनीहरुमा सकरात्मक परिवर्तनका लागि उमङ्ग, उत्साह र हौसलाको काम गर्ने अपेक्षा गरिएको जनाइएको छ । तीज पर्वको अवसरमा समाजमा उदण्डको रुपमा बढ्दै गएको महिला हिंसाका घटना नियन्त्रणका लागि महिला पुरुष दुबैको बराबरी भूमिका रहने अपेक्षा समेत उपप्रमुख कंडेलले गर्नुभएको छ । यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनीमा सुख, शान्ती, समृद्धि, हर्षोल्लास, आपसी एकता र पारिवारीक सद्भाव कायम होस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ । गैँडाकोट उपप्रमुख कंडेलले बहुजाती, बहुभाषी, बहुसंस्कृति विविधतायुक्त भएको गैँडाकोट नगरमा यस्ता पर्वले सबै नगरबासीलाई एकताको सूत्रमा आवद्ध गरी एकता, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ ।

 

Share.

Leave A Reply