गैँडाकोट ईग्लीसमा आम निर्वाचनको झल्को

0

गैँडाकोट १९ भदौ ।

गैँडाकोट ईग्लीस स्कुल गैँडाकोट जुनीयर रेडक्रस सर्कलको निर्वाचनबाट अध्यक्षमा निहारीका पौडेल निर्वाचीत हुनुभएको छ । गत भदौ १६ गते बिद्यालय परिसरमा भएको मतदानको नतीजा अनुसार अध्यक्षमा पौडेलसहित १३ सदस्यीय समिति निर्वाचीत भएको हो ।

सर्कलको उपाध्यक्षमा सचिन क्षेत्री, सचिवमा सरोज भट्टराई, सहसचिवमा दिव्या पराजुली, कोषाध्यक्षमा बन्दना पराजुली र सदस्यहरुमा नितेश गुरुंग, दिवश शर्मा, विपीन पटेल, दिपिसा प्याकुरेल, अस्मिता घिमिरे, दिक्षान्त पौडेल, सञ्जय क्षेत्री र अनुप पराजुली निर्वाचीत हुनुभएको छ ।

प्रजातान्त्रीक तवरबाट चुनावको माध्यमबाट नै सर्कलको नयाँ कार्यसमिती चयन भएको हो । मतदानमा कक्षा ६ देखी १० सम्मका बिद्यार्थीहरु सहभागी थिए । आम निर्वाचनमा अपनाईने सम्पुर्ण प्रकृया अपनाई भएको मतदान कार्यमा मतपत्र, मतपेटीका, सुरक्षाकर्मी, मतदान स्थल मतदान केन्द्र, मतदान अधिकृत, सबैको व्यवस्था गरीएको थियो ।

मतदानमा न्युन मतमात्रै बदर भएको अधिकृत योगेन्द्र पाण्डेले जानकारी दिनुभयो । मतदान अधिकृत शिक्षक, तथा बिद्यार्थीको रोहबरमा मतगणना भएको थियो ।

Share.

Leave A Reply