गैँडाकोट ईंग्लीस स्कुलका बिद्यार्थीलाई अष्ट्रेलीया भ्रमणको अवसर

0

गैँडाकोट १६ भदौ ।


गैँडाकोट ईंग्लीस स्कुल गैँडाकोटका १ शिक्षक सहित ४ बिद्यार्थीले अष्ट्रेलीयाको एक बिद्यालय अवलोकन गर्न पाउने भएका छन् । आगामी जुलाई अर्थात अर्को बर्षको असार साउन महिनामा एक साताको लागी अष्ट्रेलीयाको द ईसिंग्टन स्कुल डार्बिनको अवलोनका लागी बिहिबार गैँडाकोट ईंग्लीस स्कुल र ईसिंग्टन बिच सहमती भएको हो । अबलोकनका क्रममा बिद्याथीहरु जापान र अष्ट्रेलीयाद्धारा सञ्चालन हुने वातावरणीय तथा जिव वनस्पती अध्ययन कार्यक्रममा सहभागी हुने बिद्यालयले जनाएको छ ।

 

बिहिबार अष्ट्रेलीयन बिद्यालयका सहायक प्राचार्य जया श्रीनीवास जे पी र गैँडाकोट ईंग्लीस स्कुलका प्राचार्य हिरालाल अर्याल बिच भएको भेटवार्तामा नेपालका बिद्यालयको शिक्षक सिकाई पद्धती र विश्वव्यापी मान्यताबारे छलफल भएको छ । स्कुलको अवलोकन पश्चात भएको छलफलका क्रममा गैँडाकोट ईग्लीस स्कुलमा चलीरहेको शिक्षण सिकाई प्रकृया तथा अब दुई बिद्यालयबिच सहकार्य गरेर अगाडी बढ्ने बिषयमा सहमती भएको छ । सोही क्रममा बिद्यालयका ४ बिद्यार्थी र एक शिक्षकलाई अष्टेलीया भ्रमण सहित बिद्यालय अवलोकनबारे पनि सहमती बनेको प्राचार्य हिरालाल अर्यालले जानकारी दिनुभयो ।

Share.

Leave A Reply