गैँडाकोट आयुर्वेद औषधालयमा सेवाग्राही घट्दै, औषधीको अभाव

0

गैँडाकोट, १३, भदौ । गैँडाकोट ८ मा रहेको गैँडाकोट आयुर्वेद औषधालयमा अहिले सेवा लिन जानेहरुको कमि हुदै गएको छ । औषधालयमा औषधी नभएको, औषधालय समयमा नखुल्ने स्थानीयको आरोप रहेको छ । केही सर्वसाधारण भने नियमित रुपमा औषधालय जानेगरेका छन् । आयुर्वेद औषधिले स्वास्थ्यमा धेरै फाइदा गर्छ । तर मानिसको आकर्षण कम देखिन्छ । आयुर्वेद औषधालयको सेवा व्यवस्थित बनाउन सके आकर्षण बढ्ने स्थानीयको सुझाब समेत रहेको छ । स्थानीयका कुरा सुनिसकेपछि गैँडाकोट आयुर्वेद औषधलायका प्रमुख कृष्णप्रसाद शर्मालाई गैँडाकोट आयुर्वेद औषधलायमा जस्तो सुकै रोगका विरामीलाई एकै प्रकारको औषधी दिइन्छ भन्ने स्थानीयको आरोप छ नि भनेर सोधेका छाँै । उहाँसंगको कुराकानी विजय एफएमको मंगलबार बेलुकाको सात बजेको विजय खबर र बुधबार विहानको साढे ६ बजेको विजय खबरमा सुन्न सक्नुहुने छ ।

Share.

Leave A Reply