गैँडाकोटलाई २०७५ साल चैत्रभित्र भित्रै बालमैत्री नगर घोषणा गर्न प्रतीबद्धता

0

गैँडाकोट १४ पुष ।


गैँडाकोट नगरपालिकालाई २०७५ साल चैत्र भित्र बालमैत्री नगर घोषणा गर्ने गरी काम अगाडी बढाईएको छ । नगरपालिकाले वडा तहबाटै स्थानीय तहलाई बालमैत्री बनाउनकार्यक्रम अगाडी सारिएको हो । बिहिबारबाट गैँडाकोटमा बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणासम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । कार्यक्रमका अवसरमा नगरप्रमुख छत्रराज पौडेलले हरेक वडा लाई बालमैत्री घोषणा गर्दै नगरलाई नै बालमैत्री बनाउन विभिन्न छलफल र कार्यक्रमलाई तिव्र पारिएको जानकारी दिनुभयो ।


कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कंडेलले भान्सादेखी नै हरेक काम र व्यवहार बालमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो ।
बालमैत्री स्थानीय शासन सम्बन्धी राष्ट्रिय प्रशिक्षक कृष्ण्प्रसाद चर्तुवेदीले प्रशिक्षण दिने कार्यक्रममा १७५ जनाको सहभागीता रहेको छ । गैँडाकोट नगरपालिकाकी गिता शर्माले सहजीकरण गर्नुभएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद रिजाल, नगरस्तरीय बाल सञ्जालकी अध्यक्ष अलका आचार्य लगायतले बोल्नुभएको थियो ।

Share.

Leave A Reply