गैँडाकोटमा ७२ सय मतदाता थपिए

0

गैँडाकोट, ३ भदौ । स्थानीय तहको निर्वाचनका समयमा मतदाता नामावलीमा नाम छुटेका व्यक्तिका लागि तय गरिएको नामावली संकलनको क्रममा गैँडाकोटमा मात्रै करिब ७ हजार २ सय २० जना नयाँ मतदाताले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । मतदाता नामावलीमा नाम दर्ता गराउनेमा पुरष भन्दा महिलाको संख्या धेरै रहेको छ । नयाँ दर्ता गर्नेको सूचिमा ३ हजार २ सय ८७ पुरुष रहेका छन् भने ३ हजार ९ सय ३३ महिलाले आफ्नो नाम नामावलीमा दर्ता गराएका छन् । ७ हजार २ सय २० जना त्रुटि सच्च्याउने र ठाउँसारी गर्ने बाहेकको संख्या रहेको गैँडाकोट नगरपालिकाका सूचना अधिकारी लिलाधर शर्माले जानकारी दिनुभएको छ । निर्वाचन आयोगले साउन ३२ गते सम्म छुटेका मतदाताले नामावली दर्ता गराउन सक्ने व्यवस्था गरेको थियो । छुटेका मतदाताको संख्या बढी भएपछि आयोगले तीन दिन थप गरेको थियो सो समय भोली सकिनेछ ।

Share.

Leave A Reply