गैँडाकोटमा सुरु भयो “संगठन विस्तार तथा साधारण सदस्यता वितरण कार्यक्रम”

0


गैँडाकोट, २० असोज । नेपाली काँग्रेसले अब पनि केहि गरेन भने नेपाल आमा रुने गैँडाकोटमा काँग्रेस नेताहरुले बताएका छन् । नेपाली काँग्रेस वडा कार्यसमिति गैँडाकोट ५ ले आयोजना गरेको संगठन विस्तार तथा साधारण सदस्यता वितरण कार्यक्रममा वक्ताहरुले समाज र देशका लागि काँग्रेस जुर्मुराउने बेला आएको बताएका छन् । संगठन विस्तार कार्यक्रममा ११५ जना भन्दा बढीले नेपाली काँग्रेसको सदस्यता लिएका छन् ।


कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस महासमिति सदस्य मदनभक्त अधिकारी मदनभक्त अधिकारीले संगठन विस्तारका लागि टोलटोलमा नेपाली काँग्रेस यस अभियानको प्रशंसा गर्नुभएको छ । नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष ओमप्रसाद सापकोटाले विपिको कल्पना अनुसारको काम गर्नुपर्ने समय आएको बताउनुभएको छ ।


नेपाली काँग्रेस जिल्ला सदस्य कमला तिवारी, गैँडाकोट नगर सभापति तारापति खरेल, नेका बर्दिया जिल्ला कोषाध्यक्ष शान्ति अधिकारीले नेपाली काँग्रेसको इतिहास, योगदान र भविष्यका बारेमा प्रकाश पारेका थिए । पछिल्लो समय बढ्दो महिला हिंसा, सामाजिक न्यायको विग्रदो अवस्था, भ्रष्टाचार बढ्दै जानु सरकारको लाचारी पन रहेको आरोप लगाएका थिए ।


संगठन विस्तार तथा साधारण सदस्यता वितरण कार्यक्रमको अध्यक्षता गर्नुभएका वडा सभापति गोविन्द घिमिरेले सुशासन र विकासका लागि काँग्रेसको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रमको सहजीकरण पार्वती सापकोटाले गर्नुभएको थियो । भवानी टोल विकास संस्था अन्तर्गत भवानी मार्गमा भएको कार्यक्रममा स्वागत मन्तव्य क्षेत्रीय प्रतिनिधि कुमारी रेखा पौडेलले राख्नुभएको थियो । यस अभियानलाई गैँडाकोट ५ का १८ वटै टोलमा गर्ने योजना रहेको वडा सभापति घिमिरेले बताउनुभयो ।


यसैबीच नेपाली काँग्रेस गैँडाकोट नगर समितिले विजयदशमीको शुभकामना तथा सांस्कृति आमसभा गर्ने भएको छ । युवाहरुलाई प्रजातान्त्रिक सिद्धान्तका बारेमा जानकारी गराउने उद्देश्य लिइ आयोजना गर्न लागिएको कार्यक्रममा काँग्रेस महामन्त्री डा. शंशाक कोइरालाको आतिथ्यमा असोज २५ गते काँग्रेस चोकको खेल मैदानमा हुने नगरसभापति तारा पति खरेलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply