गैँडाकोटमा व्यावसायिक रूपमा खरायो पालन सुरु

0

प्रेम क्षेत्री
गैँडाकोट । ‘मेरो सानो खरायो, आज कता हरायो’ हामी धेरैले सानोमा गाएको गीत हो यो । चर्चित बालगीतसँगै बिरलै रुपमा देखिने खरायो अब गैंडाकोटमा सहजै देख्न पाइने भएको छ । गैंडाकोटमा खरायो व्यावसायिक रुपमा नै पाल्न थालिएको छ । २१–२२ वर्षका दुई युवाले आफ्नो अध्ययन सँगसँगै यो व्यवसायलाई अघि बढाएका छन् ।
पूर्वी नवलपरासीको गैंडाकोट नगरपलिकामा पहिलो पटक खरायो पालन व्यावसायिक रुपमा नै सुरु भएको हो । गैंडाकोट ९ थुम्सीमा ‘के एन्ड के ¥याविट फार्म एन्ड रिसर्च सेन्टर’ सुरु गरिएको हो । यही फागुन २० गते गैंडाकोट नगरपालिकामा दर्ता गरी व्यवसाय सञ्चालन गरिएको हो । गैंडाकोट ९ का २२ वर्षीय विनय खनाल र गैंडाकोट २ का २१ वर्षीय पुरुषोत्तम काÇलेले खरायो व्यवसाय सुरु गर्नुभएको हो । दुवैजना नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुरमा भेटेरिनरी संकायमा अध्ययनरत हुनुहुन्छ ।
‘अध्ययन अनुसन्धानका लागि पोखराबाट खरायो ल्याएका थियौं’ के एन्ड के ¥याविट फार्म एन्ड रिसर्च सेन्टरका सञ्चालक विनय खनालले भन्नुभयो ‘अहिले फार्म दर्ता गरेर नै व्यावसायिक रुपमा खरायो पाल्न सुरु ग¥यौं ।’
१० वटा खरायोबाट सुरु गरिएकामा हाल ५० वटा रहेको उहाँले बताउनुभयो । आफूहरुलाई मात्र नभई अरुलाई पनि अध्ययन एवं अनुसन्धानमा सहयोग पुग्ने उनीहरुको विश्वास छ ।
अर्का सञ्चालक पुरुषोत्तम काÇलेले नेपालमा थोरैमात्र व्यक्तिले खरायो पालन व्यवसाय सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘खरायोको मासु स्वस्थकर र स्वास्थ्यका लागि लाभदायक हुने भएकाले माग बढ्न थालेपछि व्यावसायिक रुपमा नै गर्न थाल्यौं ।’
उनीहरुले अहिले खरायोको मासु बिक्री गर्न थालेको समेत बताएका छन् । खरायोको मासु अर्गानिक हुने भएकोले पनि माग बढिरहेको उहाँले बताउनुभयो । चिकित्सकले सेतो मासु खान भनेका बिरामीहरुका लागि खरायोको मासु उत्तम हुने उहाँको भनाइ छ । खरायोको मासुमा अन्य मासुका तुलनामा बोसोको मात्रा कम हुन्छ । विशेष गरेर मुटु रोगी, दम, मधुमेह, हाडजोर्नी तथा नशा अनि युरिक एसिडका बिरामीहरुलाई खरायोको मासु लाभदायक हुनुका साथै औषधीय गुणको काम गर्ने जनाइएको छ ।
उहाँका अनुसार खरायोको मासु प्रतिकिलो १ हजार रुपैयाँमा बिक्री हुन्छ । त्यसका साथै घरमा खरायो पाल्नका लागि पनि लग्न सक्ने उहाँले बताउनुभयो । यसरी बिक्री गर्दा प्रति गोटा भालेको १ हजार ५ सय रुपैयाँ र पोथीको २ हजार रुपैयाँ कायम गरिएको छ ।
उहाँले खरायो घरको शोभा पनि भएको बताउनुभयो । तसर्थ सौखका लागि पनि खरायो पाल्न सकिने बताउनुभयो । भदौ १ गतेदेखि अनुसन्धानका लागि सुरु गरिएकामा फागुन २० गते गैंडाकोट नगरपालिकामा फार्म नै दर्ता गरी सञ्चालन गरिएको हो । भदौदेखि हालसम्म २ लाख बराबरको आम्दानी भएको समेत उनीहरुले बताएका छन् ।
सञ्चालक काÇलेले भन्नुभयो ‘सुरुवातमा ५० हजार लगानी गरी सुरु गरेका हौं, अहिले करिब ३ लाख पुगिसकेको छ ।’ १० वटा खरायो, आवश्यक दाना सँगै खोर व्यवस्थापनमा ५० हजार लगानी गरे पुग्ने उहाँले बताउनुभयो । १२ वटा खरायो राख्न सकिने आधुनिक खोरलाई ४२ हजार पर्ने उहाँको भनाइ छ । उहाँले खोर पनि बिक्री गर्ने गरेको बताउनुभयो ।
खरायो मूलतः शाकाहारी जनावर हो । करिब ५–६ महिनाको उमेर पुगेपछि पोथी खरायो वयस्क हुन्छ । प्रजनन गराएको २८ देखि ३२ दिनमा नै खरायोले ४ देखि १२ वटासम्म बच्चा जन्माउने गर्छ । त्यसको १२–१५ दिनमा नै पुनः गर्भधारण गर्दछ । तसर्थ पनि भालेको भन्दा पोथीको मूल्य बढी पर्ने काÇलेले बताउनुभयो । खरायो जन्मेको ३ महिनामा नै मासुका लागि योग्य हुने उहाँले बताउनुभयो ।
खरायो पाल्नका लागि त्यति धेरै जग्गा नचाहिने घरको कुनै एक छेउ, कौसीमा पनि गर्न सक्ने भएकाले यो व्यवसायमा हात हालेको उहाँको भनाइ छ । उन्नत जातिका खरायोहरु, खरायोको मासु तथा आधुनिक खोर बिक्री गर्नुका साथै खरायो पालनसम्बन्धी प्रविधि, तालिम तथा परामर्श सेवा प्रदान गरिँदै आएको सञ्चालक खनालले बताउनुभयो । हाल न्युजिल्यान्ड Þवाइट, क्यालिर्फोनिया Þवाइट, चिन्चिला र नेपालमा पाइने स्थानीय प्रजातिका खरायो राखिएको उहाँले बताउनुभयो ।
खरायोका लागि दानापानीका लागि पनि झन्झटिलो नरहेको उहाँले बताउनुभयो । ‘फार्ममा दिनको १ घण्टा मात्रै समय दिँदा पनि पुग्छ ।’ उहाँले थप्नुभयो ‘खरायोलाई प्यालेट दाना र दूबो, जइ घाँस, बाँस, बन्दालगायतका सागसब्जी, गाजर, मूला दिन सकिन्छ ।’ खानपिन तथा सरसफाइमा ध्यान दिइएन भने खरायो मर्न सक्ने बताउँदै उहाँले खानपान तथा सरसरफाइमा विशेष ध्यान दिइएको बताउनुभयो ।
खसीबाख्रा, गाईभैंसी, सुंगुरबंगुर पालन त सबैले गरिरहेका छन् तर फरक व्यवसाय भएकाले केही चुनौती रहे पनि बजारीकरणमा समस्या नरेहको उनीहरुको भनाइ छ ।
खनालका अनुसार, खरायोमा गरिने लगानी आफूसँग कति स्रोत उपलब्ध छ भन्नेमा निर्भर हुन्छ । दानादेखि घाँससम्म सबै किनेर व्यवसाय गर्छु भन्दा असफल हुने जोखिम पनि हुन्छ ।
एउटा खरायोले वर्षमा ६ पटकसम्म बच्चा जन्माउँछ र एकपटकमा सरदर ४ देखि १२ वटासम्म बच्चा जन्माउँछ । जन्मिएका खरायोको मृत्युदर १० प्रतिशत राख्ने हो भने पनि खरायो फार्ममा २० वटा पोथी र ४ वटा भाले राख्दा त्यसले दिने उत्पादकत्व महिनाको २५ हजार रुपैयाँ नाघ्छ । खरायोको संख्या जति बढायो, उति नै उत्पादकत्व बढ्छ । खरायोले प्रशस्तै बच्चा जन्माउने भएकाले व्यवसाय विस्तार गर्न ठूलो पुँजी खर्चिनु पर्दैन ।
पछिल्ला दिनहरुमा ठूला होटल तथा रेस्टुराँहरुमा खरायोको मासु खोज्नेहरुको संख्या देखिन थालेको छ । तर, खरायो पालनले अझै आकार लिन सकेको छैन ।
त्यसैले अहिले नै तत्काल लाखौं रुपैयाँ कमाउने कुरा नगरौं । तर, महिनामा २५ हजार कमाउँछु भन्नेलाई उनले दिने सजिलो सूत्र छ, ‘अनुभव बटुलेर बढीमा २५ वटा खरायो पाल्नुस् । महिनाको ५० हजार कमाउन विदेश जानुपर्छ भन्ने छैन ।’
ब्रोइलर कुखुरा पालेभन्दा यो सहज छ, किनकि यसलाई धेरै स्याहारसुसारको जरुरत पनि पर्दैन । यसलाई दिनमा तीनपटक घाँस र दाना हालेपछि हुन्छ । आधुनिक खरायो पालनका लागि ठूलो प्राविधिक ज्ञान आवश्यक पर्दैन । तर, आधारभूत जानकारी र परामर्श लिनेहरु मात्रै व्यावसायिक रुपमा सफल हुन सक्ने काÇले बताउनुहुन्छ ।

Share.

Leave A Reply