गैँडाकोटमा विल्कुलै पृथक साहित्यीक यात्रा: कफि र काफिया

0

गैँडाकोट १० असार

सिर्जन साहित्य समूह गैंडाकोटको पुनर्गठन गरिएको छ । गैंडाकोटका वरिष्ठ सर्जक गोविन्दराज बिनोदीको विशेष उपस्थितिमा १५ बर्ष पुरानो संस्थाले शनिबार नयाँ समिति बनाएको हो । नयाँ समितिको अध्यक्षमा सूर्यप्रकाश भुसाल हुनुहुन्छ ।

त्यसैगरी उपाध्यक्ष सुजन अधिकारी सचिव भानुभक्त सापकोटा, सह सचीव बसन्त पौडेल र कोषाध्यक्षमा प्रदिप खनाल रहनुभएको छ । कार्यसमितिका सदस्यहरुमा भुमिश्वर सापकोटा, निर्दोष जीवन, लेखराम सापकोटा, आदर्श सुशिल, सरू चापागाईं, लक्ष्मीसागर चापागाईं चयन हुनुभएको छ । नयाँ समितिका सदस्यहरुलाई पूर्व अध्यक्ष लेखराम सापकोटाले पद हस्तान्तरण गर्नुभएको थियो ।

संस्थाले गजल साहित्यको विकास र सम्बर्द्धनका लागी असार महिनादेखी मासिक रूपमा कफि र काफिया नामक युगल गजल वाचन कार्यक्रमको निरन्तर आयोजना गर्ने निर्णय गरेको छ । पहिलो शृङ्खला अन्तर्गत असार ३० गते शुक्रबार बरिस्ठ गजलकार गोविन्दराज विनोदी र प्रेमविनोद नन्दनले संयुक्तरूपमा गजल वाचन गर्नुहुनेछ । कार्यक्रम भृकुटीचोक गैंडाकोटमा हुने अध्यक्ष सूर्यप्रकाश भुसालले जानकारी दिनुभयो ।

Share.

Leave A Reply