गैँडाकोटमा ३० फिट अग्लो प्यागोडा शैलीको मन्दिर स्थापना हुने

0

सविता तिवारी
गैँडाकोट, १९ फागुन । गैँडाकोटमा ३० फिट अग्लो प्यागोडा शैलीको मन्दिर स्थापना हुने भएको छ ।

गैँडाकोट ४ कोटेश्वर शिवालय सेवा समितिले शनिबार प्यागोडा शैलीको मन्दिर तथा १०८ शिवलिङ्ग निर्माणका लागि शिलन्यास गरिएको छ । करिब एक करोडको लागतमा उक्त मन्दिर निर्माण हुन लागेको छ । कोटेश्वर शिवालय सेवा समितिका अध्यक्ष हरिकृष्ण रिमालले एक वर्ष भित्रमा मन्दिर तथा शिवलिगं निर्माण हुने बताउनुभयो । २०३२ साल शिवरात्रीको दिन स्थापना भएको कोटेश्वर मन्दिरले हिन्दु धर्मलाई जोगाउन र चर्चित मन्दिर तथा शिवलिगंको स्थापना गर्न लागेको अध्यक्ष रिमालले बताउनुभयो ।
आवाज ।।
मन्दिर तथा शिवलिगं निर्माणका लागि ५ लाख १ सय ८४ रुपैँया दिने संस्थापक अध्यक्ष हरिप्रसाद घिमिरे कार्यक्रमका प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा सल्लाहकार मदनभक्त अधिकारी, टोलनाथ घिमिरे, ईश्वरीनाथ रिमाल, वडा अध्यक्ष कृष्णप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply