गैँडाकोटमा जारी फुटवलमा शुक्रबार पनि दुई खेल

0

गैँडाकोट १८ चैत

नवलपरासी जिल्ला फुटवल संघको आयोजना तथा गैँडाकोट खेलकुद समितीको सह आयोजनामा गैँडाकोटको वडा नं ३, ४ र ८ निमार्णाधीन रंगशालामा जारी जिल्लास्तरीय फुटबलमा आज पनि दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा गैँडाकोट खेलकुद समिति र योङग स्टार युवा क्लव कावासोती भिड्ने छन् । यि दुई विचको खेल दिउँसो १ बजेपछि हुनेछ ।

यस्तै दोस्रो खेलमा हरियाली युवा क्लव र देउराली एकिकृत बेलहानी विच प्रतीष्पर्धा हुनेछ । यि दुई विचको खेल दिउँसो ३ बजे पछि हुने आयोजकले जनाएको छ । यसअघि हिजो पनि दुई खेल सम्पन्न भएका छन् । हिजो भएको पहिलो खेल बराबरीमा रोकियो भने दोस्रो खेलमा सुर्योदय बिजयी भएको छ ।

अभ्युदय सामुदायिक विकास केन्द्र र हरियाली युवा क्लव रजहर विच भएको खेलमा दुवै तर्फ २÷२ गोल भएपछि खेल बराबरीमा सकिएको हो । यस्तै दोश्रो खेलमा मातृभुमि युवा क्लब कावासोती र सृुर्योदय युथ क्लब कोल्हुवा विच भएको खेलमा सृुर्योदय युथ क्लब कोल्हुवाले जित हात पारको छ । सुर्योदयले मातृभुमीलाई शृुन्यका विरुद्ध २ गोलले पारजीत गरेको हो । गैँडाकोट खेलकुद समितिका सचिव प्रकाश पौडेलले जानकारी दिनु भयो ।

तस्विर: लक्ष्मण कार्कीको फेसबुक

Share.

Leave A Reply