गैँडाकोटमा जारी फुटवलमा आज पनि दुई खेल हुदै

0

गैँडाकोट २० चैत ।
नवलपरासी जिल्ला फुटवल संघको आयोजना तथा गैँडाकोट खेलकुद समितीको सह आयोजनामा गैँडाकोटमा निमार्णाधीन क्षेत्रीय रंगशालामा जारी जिल्लास्तरीय फुटबलमा आज पनि दुई खेल हुँदै छ ।

भोलीको पहिलो खेलमा अभ्युदय साविके र देउराली एकीकृत बीच दिउँसो १ बजे खेल हुने छ । यस्तै दोस्रो खेलमा युनाइटेड युवा क्लब र योंगस्टार युवाक्लब बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

यसअघि हिजो भएको पहिलो खेलमा अरुणोदय सामुदायिक विकास केन्द्र विजयी भएको छ । दिउँसो १ बजे सुरु हुने भनिएको खेलमा चोरमारा युवा क्लबका केही खेलाडी अनुपस्थित भएपछि नियमअनुसार स्वतः अरुणोदय विजयी भएको गैडाकोट खेलकुद विकास समितिका सचिव प्रकाश पौडेलले जानकारी दिनुभएको छ ।

यस्तै दोस्रो खेल भने बराबरीमा सकिएको छ । युनाइटेड युवा क्लव गिरुवारी र डायमन्ड युथ सोसाइटी पिठौली बीच भएको खेल २–२ गोलको बराबरीमा सकिएको हो ।

Share.

Leave A Reply