गैँडाकोटमा जारी फुटबल प्रतियोगितामा शनिबारबाट दोस्रो चरणको खेल सुरु

0

नवलपरासी जिल्ला फुटवल संघको आयोजना तथा गैँडाकोट खेलकुद समितीको सह आयोजनामा गैँडाकोटको निमार्णाधीन क्षेत्रीय रंगशालामा जारी फुटबल प्रतियोगितामा आज पहिलो चरणको खेल सकिएको छ । आजै दोस्रो चरणको खेल सुरु भएको आयोजकले जनाएको छ । पहिलो चरणको अन्तिम खेल अथवा यस अघि हावाहुरीका कारण स्थगित बुद्धदर्शन र अभ्युदयबीचको खेलमा अभ्युदय विजयी भएको छ । अभ्युदयले २ गोल र बुद्धदर्शनले १ गोल गरेका थिए ।
पहिलो चरणको खेल सकिए लगत्तै दोस्रो चरणको खेल अन्तर्गत अरुणोदय र हरियाली फुटबल क्लबबीच प्रतिष्पर्धामा अरुणोदय सामुदायिक विकास प्रतिष्ठान विजयी भएको छ । अरुणोदयले १ गोल गरेको थियो भने हरियालीले कुनै गोल गर्न सकेन । अरुणोदयका लागि विमल थापाले गोल गर्नुभएको थियो ।
जारी रहेको गैँडाकोट खेलकुद विकास समितिका सचिव प्रकाश पौडेलले जानकारी दिनुभएको छ । पहिलो चरणमा १२ टोलीको सहभागिता रहेको थियो भने दोस्रो चरणमा चार टोली मात्रै प्रवेश गरेका छन् । गँैडाकोट खेलकुद समिति र सूर्योदय सामुदायिक प्रतिष्ठान अर्को चरणमा पुगेका हुन् । यी दुई बीचको खेल भोली दिउँसो २ बजे हुने गैँडाकोट खेलकुद विकास समितिका सचिव प्रकाश पौडेलले बताउनुभएको छ ।

Share.

Leave A Reply