गैँडाकोटमा जारी फुटबल प्रतियोगितामा आइतबार दोस्रो चरणको दोस्रो खेल

0

 

गैँडाकोट, २७ चैत । नवलपरासी जिल्ला फुटवल संघको आयोजना तथा गैँडाकोट खेलकुद समितीको सह आयोजनामा गैँडाकोटको निमार्णाधीन क्षेत्रीय रंगशालामा जारी फुटबल प्रतियोगितामा आज दोस्रो चरणको दोस्रो खेल हुँदै छ । आजको खेलमा गँैडाकोट खेलकुद समिति र सूर्योदय सामुदायिक प्रतिष्ठानबीचको खेल हुने छ । आजको खेल दिउँसो हुने छ । हिजो भएको दोस्रो चरणको पहिलो खेलमा अरुणोदय सामुदायिक विकास प्रतिष्ठानले हरियाली फुटबललाई पराजित गरेको थियो ।


 

Share.

Leave A Reply