गैँडाकोटमा जारि खुल्ला पुरुष नकआउट फुटवल आज दुई खेल

0


गैँडाकोट फुटबल एसोसियसनको आयोजनामा गैँडाकोटमा जारि खुल्ला पुरुष नकआउट फुटवल प्रतीयोगीतामा आज दुई खेल भएका छन । प्रतियोगिता अन्तगर्त आज भएको पहिलो खेलमा प्रगतिनगर युवा क्लब विजयी भएको छ । गिरुवारी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगितामा सुदिन श्रेष्ठ म्यान अफ द म्याच घोषित भएको थियो । त्यस्तै दोश्रो खेलमा योङ स्टार क्लब विजयी भएको छ । योङ स्टारले धर्मोदय युवा क्लबलाई १०–० को फराकिलो अन्तरले पराजित गरेको हो । प्रतियोगिता अन्तगर्त भोली पहिलो खेलमा बिहान १० बजे अभिषेक चर्च रजहर विरुद्ध गैंडाकोट राईजिङ स्टार र कोईलापानी फुटबल क्लब विरुद्ध बिएफसि भरतपुर दिउँसो ३ बजे भिड्ने कृष्णसुवेदीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply