गैँडाकोटमा गरियो ९ मातृ शक्तिको सम्मान

0


गैँडाकोट , ३१ असोज । श्रीमद् रामानुज वेद विद्याश्रम भूतपूर्व विद्यार्थी मञ्चले आयोजना गरेको त्रिदिवसीय सांस्कृतिक महोत्सवको समापनमा मातृ शक्तिको सम्मान गरिएको छ । मंगलबार राती भएको कार्यक्रममा समाजमा असल संस्कार स्थापित गारउन मातृ शक्तिको भूमिका प्रवल हुने भएकोले आयोजकले सम्मान भाव प्रकट गरेको जनाएको छ । कार्यक्रममा गैँडाकोट उपप्रमुख विष्णुकुमारी कंडेल, श्रीमद्भावत वाचिका तथा विदुषि यशोदा कौडिन्य आमाजी, गैँडाकोट महिला सञ्जाल अध्यक्ष राधा लामिछाने, वेदविद्याश्रम गैँडाकोटकी गुरुआमा माधवी पौडेल, लक्ष्मीनृसिंह दिव्यधामकी गुरुआमा पद्यावती आमाजी, गैँडाकोट ईंंग्लीस स्कूलकी सहायक प्रिन्सीपल बिना कोइराला, श्रीवैष्णव महिला परिषद् केन्द्रीय सदस्य यशोदा सापकोटा, गैँडाकोट नगर बाल सञ्जाल अध्यक्ष अलका आचार्य, गोपेश्वर महोदव शिवालय मन्दिरकी अध्यक्ष सीता न्यौपानेलाई सम्मान गरिएको थियो । नवरात्रीको पावन अवसरमा नौजना महिला शक्तिलाई सम्मान गरिएको हो । रामानुज वेद विद्याश्रमका आचार्य श्यामकृष्णमाचार्यले मातृ शक्तिहरुलाई सम्मान गर्नुभएको थियो ।

Share.

Leave A Reply