गैँडाकोटमा उप–मेयर कप छात्रा फुटबल प्रतियोगिता शुरु ( फोटो फिचर)

0

प्रेम क्षेत्री, गैँडाकोट । गैँडाकोटमा प्रथम उप–मेयर कप छात्रा फुटबल प्रतियोगिता–२०७४ शुरु भएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गैँडाकोट नगरपालिकाले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको व्यवस्थापन गैँडाकोट खेलकुद समिति र गैंडाकोट महिला फुटबल क्लबले गरेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपालीले गैंडाकोट नगरपालिकाले छात्राहरुको क्षमता प्रर्दशन गर्ने अवसर प्रदान गरेको बताउनुभयो । उहाँले नयाँ र स्थायि रुपमा गर्न लागिएको यस प्रतियोगिता अनुकरणिय रहेको भन्दै नगरपालिका धन्यवादको पात्र रहेको बताउनुभयो । उहाँले अन्य नगरपालिकाले पनि यसको सिको गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति नवलपरासी (वर्दघाट सुस्ता पुर्व) की उपाध्यक्ष शारदा विकले यसखालका कार्यक्रमले महिलालाई शक्ती प्रदान गर्ने बताउनुभयो । साथै महिला पुरुष विचको विभेद अन्त्य गर्दै महिलालाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वागत गर्दै गैँडाकोट नगरपालिकाकी उप प्रमुख विष्णुकुमारी कंडेलले गैंडाकोट क्षेत्रका महिला खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि छात्रा फुटबल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । साथै उहाँले छात्रा फुटबल प्रतियोगितासँगै अन्तर्राष्ट्रिय नारी दिवस पनि भव्यताका साथ मनाउने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष एवं गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले संविधानले प्रदत गरेको हक अधिकारको सुनिश्तिताको सन्र्दभमा प्रथम उप मेयर प्रतियोगिता कोशेढुङ्गा सावित हुने बताउनुभयो । साथै उहाँले सवैको क्षेत्र सवैको पहुँच भन्ने अवधारणालाई दिगो बनाउन विद्यार्थी वर्ग तथा सामाजिक संरचनाका लागि पनि कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन सत्रमा गैंडाकोटका विभिन्न वडाका वडा अध्यक्षहरु तथा खेलप्रेमीको उपस्थिती रहेको थियो ।

गैँडाकोट स्थित क्षेत्रिय रंगशालामा २४ गतेसम्म हुने प्रतियोगितामा गैंडाकोट नगर क्षेत्रका १७ वटा विद्यालयले सहभागिता जनाएको गैँडाकोट खेलकुद समितिका सचिव प्रकाश पौडेलले जानकारी दिनुभयो । प्रतियोगिताको विजेतलाई नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक एवं गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो । त्यस्तै उप विजेतालाई नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र तथा सेमीफाईनलमा पुग्ने २ टिमलाई ८÷८ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिता पुर्व ११ टिमले पार्च पास गरेका थिए । उत्कृष्ट टिमलाई प्रतियोगिताको समापनका दिन पुरस्कृत गर्ने मुल्याङ्कनकर्ता गजेन्द्र बनले जानकारी दिनुभयो ।

महिलाहरुमा खेलको भावना विकास गर्न र छात्र÷छात्रा विचको विभेद कम गर्दै लाने अभियानमा खेलकुद प्रभावकारी हुने आयोजकको विश्वास छ । प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरु सहभागी हुनेछन् ।



Share.

Leave A Reply