गैँडाकोटमा उप–मेयर कप छात्रा फुटबल प्रतियोगितामा शनिबारको खेलमा तीन खेल सम्पन्न

0


गैँडाकोट, १९ फागुन । गैँडाकोटमा जारी प्रथम उप–मेयर कप छात्रा फुटबल प्रतियोगितामा शनिबार तीन खेल सम्पन्न भएका छन् । पहिलो खेलमा कृष्णगण्डकी मावि विजयी भएको छ । कृष्णगण्डकी माविले विजय सामुदायिक शिक्षा सदनलाई पराजित गरेको थियो । दोस्रो खेलमा कन्टिनेण्टल विजयी भएको छ । कन्टीनेण्टले सूर्योदय माविलाई ४ का विरुद्ध १ गोलले हराएको हो । कन्टीनेण्टललाई ७ नम्बर जर्सीकी प्रतिक्षा वाग्लेले ४ गोल गर्नुभएको थियो । तेस्रो खेल अमरज्योती मावि र कालिका माबि बिच भएको थियो । यस खेलमा कालिका मावि विजयी भएको छ । कालिका माविकी पूजा गुरुगंले २५ औँ मिनेटमा गर्नुभएको आकर्षक गोलनै जितको आधार बनेको थियो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गैँडाकोट नगरपालिकाको आयोजना र गैँडाकोट खेलकुद समिति तथा फुटबल गैंडाकोट महिला क्लबको संयोजनमा प्रतीयोगिता भएको हो । खेलका बिजेतालाई नगद ३० हजार, उपबिजेता २० हजार र तेस्रो हुने दुई टिमलाई नगद ८÷८ हजार प्रदान गरिनेछ । गैँडाकोट स्थित क्षेत्रिय रंगशालामा २४ गतेसम्म हुने प्रतियोगितामा गैंडाकोट नगर क्षेत्रका १७ वटा विद्यालयले सहभागिता जनाएको गैँडाकोट खेलकुद समितिका सचिव प्रकाश पौडेलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply