गैँडाकोटमा आज र भोली नागरीकता वितरणको शिविर बस्ने, नागरीकता को सिफारिसका लागी फारम अभाव हुँदा ५ सय सेवाग्राही रित्तै फर्किए ।

0

गैँडाकोट, २६ श्रावण ।
गैँडाकोट नगरपालिकामा आज बिहिबारबाट नागरिता बनाउने घुम्ति शिविर सुरु हुने भएको छ । नागरिकता वितरण टोली बिहिबार र शुक्रबार गैँडाकोटमा रहनेछन् । नागरीकता बनाउनका लागी बुधबार नै आएका केही सर्वसाधारण फर्किएका छन् । यस्तै नागरीकता वितरणका लागी टोली आउने भएपछी नगरपालीकामा सिफारिस लिन आएका करिब ५ सय सेवाग्राही बुधबार रित्तै फर्किएका छन् ।
नगपालीकाका सुचना अधिकारी लिलाधर शर्माका अनुसार नागरीकताका लागी आवश्यक रेडक्रसबाट उपलब्ध हुने नेपाली कागजको फारम समयमै उपलब्ध नहुँदा र भएको फारम सकिएका कारण फारम अभाव हुँदा सेवाग्राही फर्केका हुन । नगरपालीकामा आज सेवाग्राहीको भिड सबैभन्दा बढी भएको नगरपालीकाले जनाएको छ । नागरीकता वितरणका लागी भोली बिहान १० बजेदेखी साझँ ५ बजेसम्म शिविर बस्नेछ । जसका लागी कर्मचारी र सुरक्षा प्रवन्ध मिलाईएको नगरपालीकाले जनाएको छ । नागरीकताको घुम्ती शिविर बस्ने भन्ने सुचना पाएर बिहानै टाढादेखी आएका स्थानीय भने बिचबाटै फर्किएका छन् । रतनपुरबाट आएका कतिपय सर्वसाधरण भेडाबारी झरेर फर्किएको स्थानीय कुमार आले मगरले जानकारी दिनुभयो ।
यसैबिच गत साउन १६ गतेबाट नगरपालीकामा भैरहेको मतदाता नामावली संकलनमा हालसम्म २ हजार ५ सय भन्दा बढी नाम दर्ता गराएका छन् । नगरपालीकाका सुचना अधिकारी लिलाधर शर्माले सुरुवातमा कर्मचारी अभाव र उचीत व्यवस्थापन नहुँदा केही सर्वसाधारण फिर्ता समेत भएको बताउदै अहिलेसम्म सबै वडाबाट गरी २ हजार ५ सय भन्दा बढीको नाम दर्ता भएको जानकारी दिनुभयो । अब साउन मसान्त सम्म छिटफुट मतदाताको नामावली संकलन हुनेछ ।

Share.

Leave A Reply