गैँडाकोटको स्कुललाई भारत सरकारको साथ

0

गैँडाकोट ३२ साउन ।

भारतीय स्वतन्त्रता दिवसको अवसरमा नवलपरासीको एक बिद्यालयलाई नेपालस्थित राजदुतावासले पुस्तक प्रदान गरेको छ । नवलपरासीको गैँडाकोटमा रहेको गैँडाकोट ईंग्लीस स्कुललाई भारतीय स्वतन्त्रता दिवसका अवसर २ सय थान पुस्तक प्रदान भएको हो ।

भारतीय राजदूतावास कपुरधारा काठमाण्डौंमा आयोजीत कार्यक्रममा राजदुत मन्जिव सिंह पुरीले विद्यालयका प्राचार्य हिरालाल अर्याललाई सो पुस्तक हस्तान्तरण गर्नुभएको हो ।

शिक्षाप्रणालीमा फरक धार अपनाएको मुल्यांकनका आधारमा नेपालका विभिन्न जिल्लाका बिद्यालयहरु लाई पुस्तक प्रदान गरीएको हो । सोही अवसरमा नवलपरासीको गैँडाकोट ईग्लीस स्कुल छानीएको हो ।

Share.

Leave A Reply