गैँडाकोटको सिरुपाते होटल अघि दुर्घटना, मोटरसाइकल चालक घाइते

0

 

गैँडाकोट । गैँडाकोट २ को सिरुपाते होटल अघि ट्रक र मोटरसाइकल ठोक्कीदा एक जना घाइते भएका छन् । घाइतेको परिचय खुल्न नसकेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । लु १ ख ६८६२ नम्बरको ट्रक र ना १३ प ९९४१ नम्बरको मोटरसाइकल ठक्कर खाएका थिए । दुर्घटना कसरी भयो भन्ने अनुषन्धान जारी रहेको र घाइतेलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ । ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ ।

Share.

Leave A Reply