गैँडाकोटको समृद्धिका लागि पशुपालन अपरिहार्य – प्रमुख भण्डारी

0


दैनिक ४५ हजार लिटर दुध संकलन, गँैडाकोटमा २२ हजार बाख्रापालन

समृद्धिको अभियानमा रहेको गैँडाकोट नगरपालिकाले कृषि तथा पशुपालनका क्षेत्रमा धेरै न्यून बजेट छुट्याएको छ । यस्तो अवस्थामा कसरी समृद्धिका लागि सफलता प्राप्त गर्न सकिन्छ होला ? कृषिकार्यलयहरुले उपलब्ध गराउँदै आएको सेवा स्थानीय तहले कसरी दिइरहेका छन् ? समग्रमा पशुपालन क्षेत्रको विकास र प्रवर्धनमा गैँडाकोट पशु सेवा शाखाले गरिरहेको काम कार्यवाहीका बारेमा विजय खबर पत्रिकाले गैँडाकोट नगरपालिका पशु सेवा शाखाका प्रमुख महेन्द्रप्रसाद भण्डारीसंग गरिएको कुराकानीको सम्पादीत अंश ।

 

गैँडाकोट पशु सेवा शाखाले के काम गरिरहेको छ ?
आर्थिक वर्ष २०७५÷७६ का विभिन्न विनियोजीत कार्यक्रम सम्पन्न गरिसकेका छाँै । अहिले ७६÷७७ का लागि कार्यक्रम बनाउन व्यस्त रहेका छौँ । यसका साथै पशु विकासको क्षेत्र, पशु स्वास्थ्यको क्षेत्र, नश्ल सुधारको क्षेत्र, बजारीकरणको क्षेत्रको सुधारका लागि पशु सेवा शाखाले काम गरिरहेको छ । गैँडाकोट हाम्रो नगरमा गैँडाकोट १ देखि १८ सम्मको क्षेत्रमा राजमार्ग क्षेत्र अन्तर्गत दुधको पकेट क्षेत्र र पहाडी क्षेत्रमा बाख्रा पकेट क्षेत्रको रुपमा विकास गर्ने गरी काम गरिरहेका छौँ । चालु आर्थिक वर्षमा पनि यो कार्यक्रम रहेको थियो । आगामी आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने गरी नीति तथा कार्यक्रम आइसकेको छ । यसका साथै यस शाखाले नगरमा पशुपंक्षीको अवस्था कस्तो छ, ? संख्या के कस्तो रहेको छ ? तथ्यांक संकलनको काम गरिरहेका छाँै । तथ्यांक संकलनको काम पनि अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म अनुमानित तथ्यांकको आधारमा काम गर्ने गरिएको थियो । अब बास्तविक तथ्यांक नजिक रहेका छौँ । श्रावण महिनाभरिमा हामी प्रगाति विवरण सहितको प्रतिवेदन निकाल्दैछौँ ।

 

गँैडाकोटमा पशुपालनको अवस्था कस्तो छ ? समस्याहरु के के छन् ?

 

गैँडाकोटमा पशुपालनको प्रशस्त संभावना रहेको छ । संभावना रहँदा रहँदै पनि विविध समस्या पनि छन् । पशु आहारको व्यवस्थापन, दुग्धजन्य पदार्थको बजारिकरण, बाच्छाको व्यवस्थापन लगायतका समस्या रहेका छन् । यीनै समस्याको चिरफारका लागि पनि योजनागत रुपमा अघि बढ्न आवश्यक छ । मेहनत पसिना अनुसारको बजार पाउन किसानले सकेको देखिदैन । यस पेशामा दीगो रुपमा रहिरहन गाह्रो देखिन्छ । यति भन्दाभन्दै पनि यस क्षेत्रमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ ।
पशुका लागि आवश्यक दैनिक खानेकुरा जसलाई पशु आहार भनिन्छ । अझ सजिलो भाषामा भन्नुपर्दा घाँस, दाना, चोकरलाई आहारा भनिन्छ । परम्परागत रुपमा पशुपालन रहेको यस क्षेत्रमा पशुलाई सन्तुलित आहारको बारेमा यथेष्ट ज्ञान रहेको देखिदैन । यसका बारेमा जनचेतना फैलाउनु आवश्यक छ । गोठ निर्माण, पशुमाथिको लगानीले मात्र यस क्षेत्रको विकास सम्भव छैन, सर्वप्रथम ज्ञानको दायरा फराकीलो बनाउनु जरुरी छ । सर्वप्रथम पशुपालनका लागि प्रयोगात्मक ज्ञान आवश्यक छ । यसका लागि पनि सोच बनाइरहेका छाँै । रेशादार खाना पचाउन सक्ने पशुका लागि सधैँ दाना र चोकर मात्र दिदा प्रयाप्त आहार नपुग्ने हुन सक्छ । यसका कारण किसानले सोचे जति लाभ लिन सक्दैन । पशुका लागि हरियो पोशिलो आहारको पनि आवश्यकता पर्दछ । गैँडाकोटमा पशुको संख्याको आधारमा घाँसखेती भएको देखिदैन । हिउँदे घाँस, बर्षे घाँस, बहुवर्षे घाँस तर्फ विस्तारै किसानको आकर्षण बढेको देखिन्छ । यति मात्र होइन जमिनको पनि किसानका लागि समस्या छ ।

 

दूधजन्य उत्पादनको मूल्य प्रयाप्त रुपमा किसानले पाएको देखिदैन । गैँडाकोट नगरपालिको आगामी आर्थिक वर्षमा दूधजन्य उत्पादनका लाग उद्योग स्थापनाको नीति पनि अघि सारेको छ । यहाँ मासुजन्य उत्पादन पश्चात बजारीकरणमा त्यति धेरै समस्या देखिदैन । राष्टिय तथ्यांक अनुसार २२ अर्बको मासु बाहिरबाट आयात हुन्छ देशमा । तसर्थ पनि मासु जन्य पदार्थको पनि उत्पादनको संभावना प्रशस्त देखिन्छ ।
गँैडाकोट नगरपालिका क्षेत्रकै कुरा गर्ने हो भने पनि करिब २२ हजार बाख्राहरुको प्रारम्भीक तथ्यांक हामीले संकलन गरिसकेका छाँै । गैँडाकोट ३, १८ र १४ मा प्रत्येक घरमा ५ देखि ७ वटा बाख्रा पालन गरिरहेको भट्छौँ । यसले गर्दा पनि गैँडाकोट पशुपालनका लागि संभावनाको क्षेत्र हो । गैँडाकोटको तल्लो भेग गाइपालन र बुंगुरपालनका लागि उपयुक्त छ ।यसैगरी माथिल्लो पहाडी क्षेत्र बाख्रापालनका लागि उपयुक्त क्षेत्र पर्दछ । गैँडाकोटमा माछापालनका लागि किसानहरु त्यति सुरु गरिसकेको अवस्था छैन । तर माछा पालनका बारेमा युवाहरुले चासो राख्दै सोधीखोजीका लागि आउने गर्नुभएको छ ।
दूध उत्पादनको सन्दर्भमा घरबाट डेरी जाने, घरबाट होटल जाने , घरमै खपत हुने दूध गरी दैनिक करिब ४५ हजार लिटर दूध गैँडाकोट क्षेत्रमा उत्पादन हुने गरको छ । डेरीमा मात्रै दैनिक २७ हजार लिटर दूध प्रतिदिन संकलन हुने गरकेो छ । गैँडाकोटमा करिब ८ हजार दुधालु रहेका छन् ।
बाच्छा व्यवस्थापन कसरी गर्ने ?
नीतिगत रुपमा बाच्छा व्यवस्थापनलाई अघि बढाउन आवश्यक छ । यसकालागि छुट्ै सेक्स जिनको प्रयोग हुने गरको छ । बाहिरी देशमा सफल प्रयोग भइसकेको छ । नेपालका केही जिल्लामा पनि पाइलट कार्यक्रमको रुपमा रहेको छ । यसले बाच्छा कम पाउने र बाच्छी बढी पाउन सहयोग पुर्याउने गर्दछ । यसलाई प्रयोगमा ल्याउन सकियो भने मात्रै बाच्छा व्यवस्थापनलाई राम्रोसंग हल गर्न सक्ने थियौँ ।

Share.

Leave A Reply