गैँडाकोटको पहाडी क्षेत्र होमस्टेको सम्भावना

0


पवित्रा पराजुली
गैंडाकोट । तराई, भित्रि मधेशदेखि पहाडी क्षेत्र सबै गैंडाकोट तिनमा नै समेटीएको छ । प्राकृतिक, जैवीक, धार्मीक रुपमा गैंडाकोटको बिशेष महत्व रहेको छ । जसको अवलोकन गर्न आन्तरिक तथा बाÞय पर्यटकहरु आउने गर्छन । हो तिनै पर्यटकलाई पारिवारीक रुपमा आतिथ्यता प्रदान गरेर गाउँघरको संस्कार रहनसहनमा घुलमिल बनाएर आम्दानी गर्न सकिन्छ ।
हरियो वन, विभिन्न बन्यजन्तु, विभिन्न जनजातिको भाषा, भेषभुषा, संस्कारले पक्कै पनि सबैको मनमा कौतुहता निम्त्याउछ । रमाईलो पनि बनाउछ । त्यसैले पनि गैंडाकोट ३ पर्यटकीय सम्भावनाको क्षेत्र हो । गैंडाकोट ३ का विष्णुहरी अधिकारीले भन्नुभयो–“ यहाँको हरियो वन, बन्यजन्तु, जनजातिको रहनसहन संस्कारले पनि पर्यटक तान्छ, त्यसैले यहाँ होमस्टेको आवश्यकता छ ।”
सम्भावनालाई चिनेर पर्यटकिय रुपमा विकास गर्ने हो भने होमस्टे बनाएर राम्रो आम्दानी गर्न सकिने स्थानिएको बुझाई छ । गैंडाकोट ३ का ठाकुरप्रसाद रिमालले अन्य ठाउँहरुमा भएका होमस्टे कसरि सन्चालन भएको छ ? कसरी गर्न सकिन्छ भन्ने बिषयमा खोजीमेली गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँल भन्नुभयो – “गर्ने हो भने यहाँ हरेक कुराको सम्भावना छ तर त्यो तारतम्य मिल्न सकेको छैन ।”
धार्मीक क्षेत्र, मठ मन्दिर थरिथरीका जातजातीको बसोबास रहेको गैंडाकोट ३ मा होमस्टेको प्रशस्त सम्भावना भएपनि होमस्टे बन्न सकेको छैन । बाटोको समस्या, पानीको समस्या जस्ता धेरै समस्याले गर्दा यहाँको विकास गर्न नसकिएको गुनासो स्थानियको छ । सम्बधित निकायले चासो दिएर अगाडि बढ्ने हो भन्ने होमस्टे बनाएर फाईदा लिन सकिने विष्णुहरी अधिकारीको ठम्याई छ । त्यसो त होमस्टेबारे जानकार, सफल होमस्टे सञ्चालक प्रेमशंकर मर्दनियाले व्यवस्थितरुपमा गर्ने हो भने पर्यटक लैजान सक्ने र राम्रो आम्दानी गर्न सकिने बताउनुहुन्छ । उहाँका अनुसार स्थानियले यसबारे चासो दिन आवश्यक छ । जिल्लाका नजिकै पनि अन्य होमस्टे सञ्चालनमा रहेका छन् । त्यहाँ गएर बुझ्न सकिने उहाँको भनाई छ ।
गंैडाकोट ३ मा रहेका भौगोलिक अवस्थिती, यहाँको रहनसहन, धार्मीक तथा ऐतिहाँसिक गुफा अनि यहाँ रहेका विभिन्न जातजातीको रहनसहनले पनि पर्यटकीय सम्भावना रहेको छ । पर्यटक ल्याउन पनि बासको उचित व्यवस्थापन आवश्यक छ । त्यसका लागि पनि यहाँ होमस्टेको प्रशस्त सम्भावना रहेको सरोकारवालहरुले जनाएका छन् ।
सम्भावना धेरै छ । सबैलाई थाहा छ तर सम्भावना अनुसारको काम भने अझै शुरु हुन सकेको छैन । होमस्टे शुरु गर्न स्रोत र साधनको अभाव, होमस्टे शुरु र सञ्चालन गर्ने तरिकाको बारेमा स्थानीयमा ज्ञान नहुनु र पुँजीको समस्या लगायतका विभिन्न समस्या रहेको गंैडाकोट नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारीको भनाई छ । उहाँले आगामी दिनहरुको नगरपालिकासगँ सहकार्य गरेर यस्को विकासको लागी अगाडी वढ्ने बताउनुभयो । होमस्टे सञ्चालनको तयारी पनि चलिरहेको उहाँको भनाई छ । त्यसका लागि स्थानिय नै जागरुक हुनुपर्ने उहाँ बताउनुहुन्छ ।
हामीले हाम्रो ठाउँको सम्भावना चिनेर अगाडी बढनुपर्छ । हरेक समुदायमा रहेका चुनौतीमा पनि उत्तिकै सम्भावना लुकेका हुन्छन् । हामी कला संस्कृती, प्राकृतीक र जैवीक सम्पदाले धनी छौं । त्यही नै हाम्रो सम्पत्ती हो । गैंडाकोट ३ मा रहेको पर्यटकीय सम्भावना बुझेर होमस्टे र यसको विकास गर्न सके गैंडाकोट ३ विकासमा नमुना बन्ने थियो ।

Share.

Leave A Reply