गैँडाकोटका सबै वडा नागरीक मञ्च विघटन

0

विजय खबर
१८ भदौ ।


गैँडाकोट नगरपालीकामा गठीत सबै १६ वटा वडा नागरीक मञ्च विघटन भएका छन् । स्थानीय तहको निर्वाचन नभएको अवस्थामा नगरपालीकामा सबै क्षेत्रमा विकासको पहुँच पु¥याउन २०७१ सालमा स्थानीय विकास मन्त्रालय मातहतमा नगरपालीकाले सबै वडामा नागरीक वडा मञ्च गठन प्रकृया सुरु गरेको थियो । १८ वडा रहेको गैँडाकोटमा साविकका १७ वडामध्ये १७ नं वडामा राजनैतीक खिचातानीका कारण मञ्च गठन हुन सकेको थिएन ।

स्थानीय शासन कार्यक्रम अनुसार राजनैतीक दल तथा स्थानीय नागरीकको भेलाबाट गठीत वडा मञ्चले वडामा बजेट विनियोजन र योजना तर्जुमा र विकासको काम गर्ने अधिकारअनुरुप हालसम्म काम गदै आएको थियो । स्थानीय तहको चुनावबाट स्थानीय तहमा जनप्रतीनिधी चुनीएकाले मञ्च बिघटन गरीएको हो । अब सामाजीक परिचालन निर्देशिका २०७१ अनुसार विगठीत वडा नागरीक मञ्च नगरपालीकाको चौतर्फी विकासमा वाचडगका रुपमा रहनेछ ।

आईतबार गैँडाकोट नगरपालीकाले विगठीत मञ्चका सबै पदाधीकारीलाई धन्यवाद दिएर विदाई गरेको छ । कार्यक्रममा बोल्दै नगरपालीकाका प्रमुख छत्रराज पौडेलले वडा नागरीक मञ्चमा रहेको काम गरेको अनुभवका आधारमा जनप्रतीनिधीलाई सघाउन आग्रह गर्नुभयो । समाजको विकासका लागी मञ्चले खेलेको भुमीकालाई नगरपालीकाले सदैव सम्मान गर्ने वहाँको भनाई थियो ।

यस्तै नगरपालीकाकी उपप्रमुख विष्णु कंडेल सापकोटाले पदीय जिम्मेवारीमा नभएपनी गैँडाकोट नगरपालीकालाई समृद्ध नगरपालीका बनाउने अभियानमा सक्रिय रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालीकाका कार्यकारी अधिकृत शिव प्रसाद रिजालले हरेक वडामा रहेका वडा नागरीक मञ्चका कारण जनप्रतीनिधी नभएको अवस्थामा काम गर्न सहज भएको बताउनुभयो । कार्यक्रममा विभिन्न वडामा गठीत मञ्चका संयोजक तथा निर्वाचीत जनप्रतीनिधीहरुले मन्तव्य राखेका थिए । नगरपालीकाका प्रमुख छत्रराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सामाजीक परिचालक संयोजक गिता शर्माले गर्नुभएको थियो ।

Share.

Leave A Reply