गैँडाकोटका बिद्यालयमा नगरपालीकाको नजर÷शिक्षकको हाजीरी अनियमीत ।

0

गैँडाकोट ७ मंसिर ।

गैँडाकोट नगरपालिकाले बुधबार केही बिद्यालय र श्रोत केन्द्र अनुगमन गरेको छ । नगरपालिकाका प्रमुख तथा शिक्षा शाखाका अध्यक्ष छत्रराज पौडेल, अधिकृत ऋषिराम शर्मा, शिक्षा शाखाका उपसचिव राजु बाँनीया नगरकार्यपालिकाका सचिवालय प्रमुख लक्ष्मी प्रसाद सोती, पत्रकार लगायतले गरेको अनुगमनमा बिद्यालयले नियमीत हाजीरी अपडेट नगर्ने गरेको पाईएको छ । गैँडाकोट २ को महेन्द्र स्मारक आधारभुत बिद्यालय, गैँडाकोट ८ को विजय निम्न माध्यमीक बिद्यालय र नारायणी माविमा गरेको अनुगमनमा शिक्षकहरु नियमीत पोशाकमा उपस्थित नहुने गरेको, बिदा बसेको शिक्षकको जानकारी हाजिरी रजिस्टरमा उल्लेख नभएको र नियमीत हाजीरी नभएको पाईएको शिक्षा शाखाका उपसचिव राजु बाँनीयाले जानकारी दिनुभयो ।


नगरपालीकाले सामुदायीक बिद्यालयमा स्तर खस्किदै गएको गुनासो बढेपछि आकस्मीक अनुगमन गरेको हो । सामुदायीक बिद्यालयको स्तरउन्नीका लागी नगरपालिकाले उचित कदम चालेको नगरपालिकाका प्रमुख छत्रराज पौडेलले बताउनुभयो ।
बिद्यालयका प्रध्यानाध्यापक हरुलाई बुधबारको अनुगमनमा सचेत गराईएको र आगामी दिनमा पनि यस्तै गतिबिधी दोहोरीए प्रकृयाअुनसार कारबाही हुने गैँडाकोट नगरपालिकाका शिक्षा शाखा अधिकृत ऋषिराम शर्माले बताउनुभयो ।


निर्वाचनका बेला शिक्षकहरु राजनैतीक दलको कार्यक्रममा सहभागी भएको गुनासो बढेको भन्दै केही दिन अघिमात्रै राजनैतीक कार्यक्रममा सहभागी नहुन निर्देशन जारी गरेको नगरपालिकाले बुधबार तिनवटा बिद्यालय र गैँडाकोट श्रोत केन्द्र अनुगमन गरेको हो । श्रोतकेन्द्रको अनुगमनमा जादा कार्यालयमा ताला लागेको भेटीएको छ । श्रोत ब्यक्ती रामबाबु ढकाललाई कार्यालयमा नदेखेपछि अनुगमनमा गएको टोली फर्किएको थियो ।

Share.

Leave A Reply