गैँडाकोटका निर्वाचित मेयर भन्छन् “ अब चुनाव सकियो सबै हातेमालो गरेर अघि बढौँ”

0

गैँडाकोट, ५ जेठ । गैँडाकोट नगरपालिकाको मेयरमा निर्वाचित छत्रराज पौडेलले अब निर्वाचन सकिएकाले सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बतानुभएको छ । पौडेल निर्वाचित भएपछि नेकपा एमाले गैँडाकोटले निकालेको विजय उत्सवमा क्रममा पौडेलले समृद्ध नगरको सपना साकार पार्न सबै एक हुनुपर्ने बताउनुभएको छ । नगरबासीले चुनाबका बेला गरेको अपार सहयोग र सद्भाबकालागी समेत पौडेलले आभार व्यक्त गर्नुभएको छ । पौडेलले गैँडाकोटको बिकास निर्माण र परिवर्तनको दिशामा छिट्टै फड्को मार्ने धारणा राख्नुभएको थियो । यसैबिच मेयर पदमा एमाले सहितको गठबन्धनका तर्फबाट छत्रराज पौडेल बिजयी भएसंगै गठबन्धनको पहलमा नगरको १ देखि १७ सम्मका बिभिन्न वडामा मेयर सहित घरदैलो विजय उत्सव आयोजना गरिने बताईएको छ ।

Share.

Leave A Reply