गैँडाकोटका दुई युवाको सवारी दुर्घटनामा मृत्यु

0


गैँडाकोट, ८ मंसिर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मुकुन्दपुरमा सवारी दुर्घटना हुँदा गैँडाकोट दुई युवाको ज्यान गएको छ । ना प ख ४९८५ नम्बरको बसले विपरित दिशाबाट आएको ना ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल सवार गैँडाकोट १ का १९ वर्षिय कृष्ण सापकोटा र मोटरसाइकल चालक गैँडाकोट ६ का १९ वर्षिय अनिल पौडेलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ । इलाका प्रमुख लोक बहादुर जिशिका अनुसार अस्पताल लैजादै गर्दा घाइते युवाहरुको ज्यान गएको हो ।

Share.

Leave A Reply