गैँडाकोटका तीन युवालाई अवार्ड

0

गैँडाकोट ।

सिंगापुरमा भएको नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डमा गैँडाकोटका तीन युवा सम्मानित भए । गैँडाकोटका एन के भट्राईले सर्वोत्कृष्ट मोडल, विशाल ढकालले सर्वोत्कृष्ट संगितकार र लक्ष्मीप्रसाद सोतीले सर्वोत्कृष्ट गीतकारको अवार्ड हात पारेका हुन् ।

बक्स अफिस इन्टरनेशनल ग्रुपद्धारा प्रस्तुत गिनिज बुक अफ वल्र्डमा दर्ता भएको सो अवार्डलाई निकै महत्त्वका साथ हेरिएको छ । सिंगापुर र थाइल्याण्डको सामुद्रीक तटमाथि सयौँ कलाकर्मी, पत्रकार तथा कला क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको थियो । असोज २० गते शनिबार रात्रीकालिन समयमा उक्त गिनिज बुक वल्ड रेकर्डमा नाम लेखिएको अवार्डको कार्यक्रममा थाइल्याण्डमा महामहिम राजदुत प्रमुख अतिथिका रुपमा रहनुभएको थियो ।

सर्वोत्कृष्ट मोडलका रुपमा सम्मानित एन के भट्राई एक दशक अघि देखिनै मोडलिङको क्षेत्रमा रहनुभएको छ । उहाँ अभिनित गीत “रामकसम” बजारमा आउने तयारीमा रहेको छ । सिंगापुरमा भएको अवार्ड कार्यक्रममा लोकप्रिय पब्लिक भोट र जुरी मूल्यांकन दुबैलाई आधार मानी गरिएकोमा मोफसल तर्फको सर्वोत्कृष्ट मोडल विधामा के यो माया हो बोलको गीत मार्फत भट्राईले अवार्ड हात पार्नुभएको हो ।

यस्तै उत्कृष्ट संगीतकारको अवार्डबाट सम्मानित विशाल ढकाल सानैबाट संगीत क्षेत्रमा होमिनुभएको हो । ढकालको सक्रिय जीवन २०६८ बाट सुरु भएको हो । ढकालका ४ एल्बम र १२० भन्दा बढी गीतमा संगित दिनुभएको छ । ढकालले मोफसल तर्फको सर्वोत्कृष्ट संगीतकार विधामा “पढाँै लेखाँै” बोलको गितबाट सर्वाेत्कृष्ट संगीतकारको अवार्ड पाउन सफल हुनुभएको हो ।

अवार्डबाट सम्मानित अर्का लक्ष्मीप्रसाद सोती गीतकार मात्र नभएर गैँडाकोट नगरपालिकाका इन्जिनियर, वास्तुशास्त्रका ज्ञाता तथा ज्योतिष समेत हुनुहुन्छ । सिंगापुरको अवार्ड कार्यक्रममा मोफसल तर्फको सर्वोत्कृष्ट गीतकार विधामा “मदानीको घिउ” बोलको गीतबाट सोतीले अवार्ड हात पार्नुभएको हो ।

गैँडाकोट गीत संगीत र अभिनका लागि चर्चित बन्दै गएको छ । गैँडाकोटका विभिन्न कलाकारहरुका गीत, संगीत र अभिनय समेटिएका कला सामाग्रीहरुले राम्रै स्थान पाउन थालेका छन् । कलाकारहरु पनि स्थानीय देखि अन्तर्राष्ट्रिय रुपमा अवार्ड तथा सम्मानित हुन थालेका छन् ।

Share.

Leave A Reply