गुलियो काठमांडौ र नबोल्नेहरू कथासंग्रह माथि आज नारायणगढमा बहस तथा अन्तरक्रिया

0

बालकृष्ण थपलिया 

नारायणगढ । चैत्र ७

गुलियो काठमांडौ र नबोल्नेहरू कथासंग्रह माथि आज नारायणगढमा बहस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

चितवन साहित्य परिषद्को आयोजनामा आयोजित कार्यक्रममा कथाकार गणेश श्रमण को गुलियो काठमांडौ र महेश्वर पन्तको नबोल्ने कथासंग्रह माथि समसामयिक विषयवस्तु लाई उजागर गरिएको बताउनु भयो । समीक्षकहरु महेश्वर पौड्याल, एल बी क्षेत्री, जगन्नाथ पण्डित, शान्ति शर्मालगायतले कथासंग्रहबारे चर्चा गरेका थिए । 

अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा सम्पन्न भएको थियो । 

Share.

Leave A Reply