गीतकार देव बज्राचार्यको निधन, बुद्धले गाएका थिए नेपाल आइडलमा उनको गीत

0

काठमाडौँ, २८ भदौ । गीतकार देव बज्राचार्यको निधन भएको छ । काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा  बुधबार बिहान निधन भएको हो । ६४ वर्षका बज्राचार्यको प्रोस्टेट ग्रन्थ्रीको शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई गएको सोमबार अस्पताल भर्ना गरिएको थियो । नेपाल आइडलका बुद्ध लामाले अघिल्लो एपिसोडमा गीतकार देव बज्राचार्यको गीत प्रिय तिम्रो मुहारमा हासो मैले कहिले देखिन  गाएका थिए ।

झप तालमा गाएको गीतमा बुद्धले प्रंशासा पाएका थिए । देव बज्राचार्यका एक्लै बस्दा सधै मलाई सम्झना तिम्रो आइदिन्छ, प्रिय तिम्रो मुहारमा हासो मैले कहिले देखिन, मेरो आँखाबाट झरेको आँशु, एउटा गीत रचेको छु तिमीले नै गाइदिनु, केही दिनमा नै तिमीसँग गहिरो प्रिती बस्यो, किन मलाई यति चाँडै छोडी तिमी गयौ लगायत गीत लोकप्रिय छन् ।

Share.

Leave A Reply